Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

डिपिएल

धनगढी प्रिमियर लिगको अक्सन सम्पन्न, को भए सबैभन्दा महङगा खेलाडी ?

अक्सनमा राष्ट्रिय टिमका खेलाडी बसन्त रेग्मी, करण केसी, आरिफ शेख र सागर पुन महङगा खेलाडी बनेका छन्

बुद्धबार, ९ फागुन २०७४, सगरमाथा पोष्ट

काठमाडौं, फागुन ९ । 

धनगढीमा हुने धनगढी प्रिमियर लिगका लागि खेलाडी अक्सन भर्खरै सम्पन्न भएको छ  जसमा केहि सोचेका खेलाडीमाथि बोली नलाग्दा केहि नया खेलाडीले राम्रो रकम पाए । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको अक्सन (बोलकबोल) मा ६ टिमका लागि ७२ खेलाडीको भाउ लागेको छ। अक्सनमा राष्ट्रिय टिमका खेलाडी बसन्त रेग्मी, करण केसी, आरिफ शेख र सागर पुन महङगा खेलाडी बनेका छन ।

 अन्नपुर्ण होटेलमा भएको अक्सनमा स्पिनर बसन्त रेग्मीलाई विराटनगर किङसले १ लाख ५० हजारमा अनुबन्ध गर्यो । बसन्तको नाममा ४ वटा टिमले अधिकतम प्राइसमा बोलि लगाएका थिए । तर गोलाप्रथाबाट बसन्त विराटनगर किङगमा परेका छन । यस्तै करण केसीलाई महेन्द्रनगर युनाईटेडले १ लाख ५० हजारमा अनुबन्ध गर्न सफल भयो भने आरिफ सेखलार्इ महेन्द्रनगर युनाइटेडले नै अधिकतम् मुल्य १ लाख ५० हजार रुपैयामा किनेको छ ।

पछिल्लो पटक राम्रो फर्ममा नभएका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका सागर पुनमा पनि तीन टिमले अधिकतम एक लाख ५० हजारमा बोली लगाएपछि गोलाप्रथाबाट रुपन्देहीले लिन सफल भयो । पृथु बास्कोटालाई १ लाख ३० हजारमा विराटनगरले किन्यो । नरेश बुढाएरलाई काठमाडौँ गोल्डेन्सले १ लाख २० हजारमा किन्यो ।

यस्तै बलर विक्रम भुषाललार्इ एक लाख रुपैयाँमा रुपेन्देही च्यालेन्जर्सले भित्र्यायो । साहव आलमलाई काठमाडौले एक लाखमा किन्यो । बायाँ हाते स्पिनर सुसान भारीलाई चार टिमले अधिकतम एक लाख रुपैयामा अनुबन्ध गर्न होडवाजी गरेपनि गोलाप्रथाबाट रुपन्देहीले सुसानलाई पायो । यस्तै सिद्धान्त लोहनीलाई एक लाख रुपैयाँमा रुपन्देहीले टिममा भित्र्यायो भने कमलसिह एेरीलाई अत्तरीयाले ५५ हजारमा किन्यो ।

जितेन्द्र मुखिया ९० हजारमा रुपन्देहीले अनुबन्ध गर्यो । यस्तै सुवास खकुरेललाई अत्तरियाले ८० हजारमा खरिद गर्दा राजेश पुलामी मगर ८० हजारमा टिम चौराहामा अनुबन्ध भए । प्रदिप एरीलाई ८० हजारमा रुपन्देहीले किनेको छ । अविनाश कर्णलाई महेन्द्रनगरले ८० हजारमा किन्यो ।

ए समुहमा रहेका सञ्जम रेग्मी अलराउण्डर मेहबुब आलम राहुल विश्वकर्मा र चन्द्र साउद अनसोल्ड रहे । प्रेम तामाङलाई अत्तरीयाले ५५ हजारमा खरीद गर्यो । प्रनित थापामगरमा महेन्द्रनगरले ६५ हजारको बोलि लगायो भने कुशल मल्ल ५५ हजारमा रुपन्देहीमा अनुबन्ध भए । सन्दिप जोरालाई ९० हजारमा अत्तरीयाले किन्यो । सौरभ खनाल एक लाखमा विराटनगरमा गोलाप्रथाबाट गए भने योगेन्द्रसिह कार्कीलाई एक लाखमा टिम चौराहाले किन्यो ।

हरीशङकर शाह ९० हजारमा महेन्द्रनगरमा अनुबन्ध भए । यस्तै सन्तोस भट्टमाथि काठमाडौ गोल्डेन्सले ९५ हजारको बोलि लगाए । किशोर महतोलार्इ पनि काठमाडौ गोल्डेन्सले एक लाखमा खरिद गर्यो । राष्ट्रिय टिमका ओपनर दिलिप नाथलाई विराटनगरले एक लाखमा अनुबन्ध गर्यो ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू