Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

बलिउड

भाइरल गर्ल प्रिया प्रकाश किन पुगिन अदालत ?

मुस्लिमको भावनामा चोट पुर्याएको भन्दै आफूविरुद्ध दर्ता भएको उजुरी रद्द गराउन प्रिया प्रकाशले रिट निवेदन दायर गरेकी छन्

बुद्धबार, ९ फागुन २०७४, सगरमाथा पोष्ट

एजेन्सी,  ९ फागुन ।

सामाजिक सञ्जालमा एकाएक भाइरल भएकी अभिनेत्री प्रिया प्रकाश वारियर सर्बोच्च अदालत पुगेकी छन् ।  भारतीय सञ्चारमाध्यमका अनुसार गीतले मुस्लिमको भावनामा चोट पुर्याएको भन्दै आफूविरुद्ध दर्ता भएको उजुरी रद्द गराउन प्रिया प्रकाशले रिट निवेदन दायर गरेकी छन्।

गीत भाइरल भएसँगै प्लस टु मा पढ्दै गरेकी १८ वर्षीय प्रिया र निर्देशकविरुद्ध हैदराबाको फलकनुमा पुलिस स्टेशनमा एफआईआर दर्ता भएको छ। यसका अलाबा मुम्बई पुलिस र महाराष्ट्रको औरंगाबामा पनि उनीविरुद्ध उजुरी दर्ता भएको छ।

उनको म्युजिक भिडियोमा आँखा झिम्काएको  दृश्यमा कैयौले आपत्ति जनाएका छन्, जुन युवामाँझ चर्चित बनेको छ। सामाजिक सञ्जाल (युट्युब) मा १० दिन अगाडि सार्वजनिक उनको गीतको भिडियोलाई अहिले ३५ लाखभन्दा बढी मानिसले हेरिसकेका छन्। बलिउडका हस्ती समेत उनको सुन्दरताबाट प्रभावित भएका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू