Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

फागुन १३ गतेदेखि देशव्यापी कलेजस्तरीय क्रिकेट प्रतियोगिता हुँदै

उक्त प्रतियोगिताका लागि रु दुई लाख ५० हजार खर्च, प्रतियोगिताको विजेता टिमलाई काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा समावेश गराइने कार्यक्रम

बुद्धबार, ९ फागुन २०७४, सगरमाथा पोष्ट

इटहरी, ९ फागुन  । 

‘नेपालय इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । 

स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिताका विषयमा जानकारी दिदै उक्त प्रतियोगिता क्रिकेटका लागि उच्च दक्ष जनशक्ति उत्पादनका लागि गर्न लागिएको बताए  । 

देशका ठूला १२ वटा शहरमा सञ्चालन हुने सो प्रतियोगिताअन्तर्गत प्रदेश नं को इटहरीमा उक्त क्षेत्रका कस्तुरी कोशी सेन्टजेम्स, सुषमा विश्व आदर्श, जनता कलेजलगायत १० वटा कलेजको सहभागिता रहने छ । उक्त प्रतियोगिताका लागि रु दुई लाख ५० हजार खर्च हुनेछ । प्रतियोगिताको विजेता टिमलाई काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा समावेश गर्ने कार्यक्रम रहेको पौडेलले बताए  । 

काठमाडौँमा हुने सो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमलाई बंगलादेश वा श्रीलंकाको भ्रमण गराई अभ्यास खेलको अवसरसमेत उपलब्ध गराउने योजना रहेको आयोजकले जनाएको छ । रासस
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू