Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

आईसिसि विश्व क्रिकेट डिभीजन २

आखिर किन युएईका कप्तान सन्दिप लामिछानेको सफलतामा जले ?

सन्दिप लामिछानेले उत्कृष्ट खेलाडि घोषित हुदाँ युएईका कप्तानको बिरोध , सन्दिप आईपीएल टिममा आवद्ध भएका कारण उनलाई यो उपाधि दिइएको उनको दाबी

शुक्रबार, ४ फागुन २०७४, सगरमाथा पोष्ट

४ फागुन, काठमाडौं ।

नेपाली युवा बलर सन्दिप लामिछाने डिभिजन टू प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् ।  नेपालले फाइनल गुमाएपनि सन्दिप ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित भएका हुन् । प्रतियोगितामा सर्वाधिक विकेट लिँदै शीर्ष बलर भएका नेपाली बलर सन्दीप लामिछानेले १७ विकेट लिए। ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका सन्दीप राम्रो इकोनोमीका कारण अगाडि आएका हुन्। सन्दीपले युएई विरुद्ध फाइनलमा १ विकेट मात्र लिएका थिए। उनले लिग चरणमा नामिबिया विरुद्ध ४, ओमान विरुद्ध २, युएई विरुद्ध ३, केन्या विरुद्ध ५ तथा क्यानडा विरुद्ध २ विकेट लिएका थिए।

सन्दीपले प्रतियोगिताभर ५२.२ ओभर बलिङ गर्दा ९ मेडन राख्दै १७६ रन खर्चेका थिए। उनको एभरेज १०.३५ तथा इकोनोमी ३.२३ रह्यो। ओमानका बिलाल खानको एभरेज १०.७६ तथा इकोनोमी ३.५३ थियो। उनले समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउन महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई म्यान अफ द सिरिज दिएको हो।

आयोजकको यो निर्णयमा यूएईका कप्तान रोहन मुस्तफाको भने विरोध रहृयो । उनले ‘प्लेयर अफ दि टुर्नामेन्ट’को उपाधि आफूले पाउनु पर्ने दाबी गरेका छन् । १३ विकेट लिएका उनले १८३ रन बनाएका थिए । सन्दिप आईपीएल टिममा आवद्ध भएका कारण उनलाई यो उपाधि दिइएको उनको दाबी थियो । सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली खेलाडी हुन् । उनी यसै सिजन आईपीएल टिम दिल्ली डियरडेभिल्समा आवद्ध भएका छन् । यूएईविरुद्धको शतकसँगै नेपाली कप्तान पारस खड्का २४१ रनसहित प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । कार्यक्रममा उपस्थि एक पत्रकार पिटर डेला पेन्नाका अनुसार युएईका कप्तानले सन्दिप लामिछानेले आइपिएलमा खेल्ने भएकाले मात्र म्यान अफ दी सिरिज पाएको हो मैले १४ विकेट लिएको हो र रन पनि धेरै बनाएको भनेका छन्।

 

आइसिसिले कुनै पनि ठूला प्रतियोगिताका हरेक म्याचमा दुई टिमबाट गरी तीन जना उत्कृष्ट खेलाडी छान्ने गरेको छ। सबैभन्दा धेरै अंक पाउनेलाई म्यान अफ द म्याचसहित ३ अंक, त्यसपछि दोस्रो हुनेले २ अंक तथा तेस्रो हुनेले १ अंक पाउँछन् । यसरी हरेक प्रतियोगिताको सबै अंक मिलाएर धेरै अंक पाउने खेलाडीलाई म्यान अफ दि सिरिज दिने चलन रहेको छ । यो प्रतियोगितामा लिग चरणमा खेलिएका खेलहरुबाट मात्रै म्यान अफ द सिरिज छानिएको थियो। सन्दिप लामिछाने लिग चरणमा खेलेका ५ खेलमध्ये २ खेलमा म्यान अफ दी म्याच भएर १६ विकेट लिएका थिए।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू