Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

नेपालकै सबैभन्दा गहिरो 'शे–फोक्सुण्डो ताल' को गहिराइ पुनः मापन हुने

तालको गहिराइ मापन पहिलो पटक २०३६ सालमा भएको भनिएता पनि हाल यसको तथ्यांक कतै भेटिएको छैन

शुक्रबार, ४ फागुन २०७४, सगरमाथा पोष्ट

दुनै, डोल्पा, ४ फागुन । 

डोल्पामा पर्ने नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन गरिने भएको छ । 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६५० मिटर गहिरो उक्त तालको गहिराइ पुनःमापन गरिने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । उक्त तालको गहिराइ मापन पहिलो पटक २०३६ सालमा भएको भनिएता पनि हाल यसको तथ्यांक कतै भेटिएको छैन । 

सन् २००४ मा ब्याथीमेट्रिक सर्वे विधिबाट वैज्ञानिक अध्ययन गर्दा उक्त तालको जम्मा गहिराई १२५ मिटर मात्र भएको तथ्यांक जल तथा मौसम विज्ञान विभागमा पेश गरिएपछि नेपालको गहिरो ताल नभएको भनेर विवादमा आएको थियो । 

दुर्गम जिल्लाका सर्वसाधारणलाई जानकारी नै नदिई छलकपट गरी विभागका कर्मचारीको मिलेमतोमा तालको गहिराइ मापन गरी नेपालको गहिरो ताल नभएको भनेर प्रचार गरिएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू