Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय ४१ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता

सरकार परिवर्तन हुने भएसंगै शेयर बजार परिसूचक नेप्से उकालो लाग्यो

बजार राजनीतिक कारणले बढेपनि सरकारबाट आधिकारिक धारणा नआउदासम्म बजारको वृद्धि टिकाउ नहुने लगानीकर्ताको भनाई

बुद्धबार, २ फागुन २०७४, सगरमाथा पोष्ट

काडमाडौं, फागुन २ ।
प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले आजै राजिनामा दिने खबरको आडमा बुधवार सेयर बजार परिसूचक नेप्से बढेको छ । कारोबार सुरुभएदेखि घट्ने क्रममा रहेको बजार समाचार आएसँगै करिब दुई बजेबाट उकालो लाग्न थालेको हो । 

आजको बजारको वृद्धिमा नितान्त राजनीतिक कारण छ,’ नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने । बजार राजनीतिक कारणले बढेको भएपनि सरकारबाट आधिकारिक धारणा नआउदासम्म बजारको वृद्धि टिकाउ नहुने उनको भनाई छ ।

‘सरकारले बजारलाई कसरी हेर्छ भन्ने सार्वजनिक हुन जरुरी छ, यसले बजारमा लगानीकर्ताको मनोविज्ञान बढाउछ,’ उनको भनाई छ । त्यस्तै, सरकारले पुँजी बजार विकासको लागि सहजीकरण गर्नुपर्ने तर्क पनि उनको छ ।

हाल राष्ट्र बैंकले बैंकहरुलाई प्राथमिक पुँजीको आधारमा सेयर कर्जामा ४० प्रतिशतमात्र लगानी गर्न सक्ने व्यवस्था गरेकोले यसमा संशोधन गर्नुपर्ने, यसरी जारी हुने कर्जा भुक्तानीमा समस्या आएमा बैंकहरुले यसको लागि एक सय ५० प्रतिशतसम्म जोखिम भारित व्यवस्था गर्नुपर्ने व्यवस्थालाई पनि सुधार गर्नुपर्ने संघको तर्क छ ।

यसअघि बैंकहरुले प्राथमिक पुँजीको शत प्रतिशतसम्म कर्जा दिन सक्ने र जोखिमको रुपमा शतप्रतिशत प्रावधान राखे पुग्ने व्यवस्था गरेको थियो । त्यस्तै, हाल सेयर धितोको मूल्यको ५० प्रतिशत बराबरमात्र कर्जा दिन सकिने व्यवस्थामा समेत अध्ययन गरेर राष्ट्र बैंकले स्वेत पत्र जारी गर्नुपर्ने संघको धारणा छ ।

सरकारले यस्ता नीतिमा ध्यान नदिने हो भने तत्कालको वृद्धि टिकाउ नहुने र यसको लाभा ठुला लगानीकर्ताहरुले मात्र लिन भ्याउने उनको जिकिर छ ।  १३ सय ७६ सम्मको न्युन बिन्दुबाट बढ्न थालेको नेप्से परिसूचक बुधवार १३ सय ८८ बिन्दुसम्म पुग्यो । कारोबार रकम बढेर ३८ करोड पुगेको छ । एक सय ५५ कम्पनीको सेयर कारोबार भएकोमा तीन समूहको परिसूचक मात्र घटेको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू