Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

प्रणय दिवस विशेष : यी हुन् नेपालका चर्चित कलाकारहरुको प्रेम जोडी !

प्रेम दिवसका दिन प्रेम जोडीहरु एकापसमा उपहार आदान–प्रदान गर्दै माया साटासाट गर्ने गर्छन

बुद्धबार, २ फागुन २०७४, सगरमाथा पोष्ट

काठमाडौं, फागुन २ । 
आजको दिन प्रेम जोडिहरुका लागि खास दिन रहेको छ । फेब्रुअरी १४ का दिन प्रेम जोडीहरु एकापसमा उपहार आदान प्रदान गर्दै माया साटासाट गर्ने गर्छन । 

प्रेममय दिवसका दिन हामी नेपाली चलचित्र क्षेत्रका केहि विशेष प्रेम जोडीहरुको बारेमा चर्चा गर्छाै । यी हुन् नेपाली सिने जगतका चर्चित प्रेम जोडीहरु ! 
 

नम्रता श्रेष्ठ र दावा स्टेफिन शेर्पा 
नायिका नम्रता श्रेष्ठ व्यावसायी दावा स्टेफिन शेर्पाको प्रेममा परेको लामो समय भैसकेको छ । फिल्म ‘पर्व’को प्रेसमिटमा नम्रताको प्रेम दावासँग रहेको सार्वजनिक भएको थियो । ओपन रिलेसनसिपमा रहेपनि नम्रता आफ्नो प्रेम सम्बन्धबारे भने मिडियामा खुलेर बताउदिनन् । 

बर्षा राउत र संजोग कोइराला
चर्चित प्रेम जोडीमा नायिका बर्षा राउत र नायक संजोग कोइराला पनि पर्छन । ओपन रिलेसनसिपमा रहेको यो जोडी एक अर्काको खुब केयर गर्दछन् । यी जोडी प्रेम सम्बन्धको बारेमा पनि मिडियामा खुलेर बताउने गर्छन । बर्षा फिल्ममा व्यस्त हुँदा संजोग आफ्नै व्यावसायमा व्यस्त छन् ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशी
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको जोडी चर्चा पछिल्लो समय निकै नै रहेको छ । उनीहरु ‘कथा काठमाण्डू’ नामक फिल्म खेल्दै गर्दा प्रेममा परेका थिए । 
थुप्रै म्युजिक भिडियो र विज्ञापनमा एकसाथ काम गरेका उनीहरु विवाहको समेत मनस्थितिमा रहेको उनीहरु निकट पारिवारिक स्रोतले बताएको छ । 

सौगात मल्ल र सृष्ट्रि श्रेष्ठ
नायक सौगात मल्ल र मिस नेपाल समेत भएकी नायिका सृष्टि श्रेष्ठबीचको प्रेम चर्चा हुने गर्दछ । सृष्ट्रिलाई सुटिङमै सौगात भेट्न गएको देखि एयरपोर्टमा लिन गएको खबर मिडियामा सार्वजनिक भएका छन् । सृष्ट्रिसँगको प्रेमलाई मिडियामै स्विकार गरेका सौगातले छिट्टै विवाह समेत हुने बताएका छन् ।

पल शाह र आँचल शर्मा
युवा स्टार पल शाह र नायिका आँचल शर्मा फिल्म ‘नाईं नभन्नू ल ४’ देखि प्रेममा छन् । तर उनीहरु आफ्नो सम्बन्ध केवल वेस्ट फ्रेन्ड को मात्रै रहेको दाबी गर्दै आइरहेका छन् । जे भएपनि फिल्मकर्मी र फ्यानमाझ पल र आँचलको जोडी हिट छ । जोनी जेन्टलम्यानपछि पल र आँचल जोडी भएको फिल्म सत्रुगते चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

 

साम्राज्ञीराज्य लक्ष्मी शाह र मयंक खड्का
पछिल्लो समयकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मयंक खड्का नामक युवकसँगको प्रेममा छिन् । यद्यपी उनले आफ्नो प्रेम बारे मिडियामा केही बोलेकी छैनन् । फ्यानहरु माझ साम्राज्ञी र मयंकको जोडी चर्चित छ । मयंक दरबारमार्गमा रहेको चर्चित डेजाभू क्लबका सेयर होल्डर हुन् । साम्राज्ञी र मयंकको जोडी सामाजिक सञ्जालबाट भने लुक्न सकेको छैन ।


भुवन केसी र जिया केसी
सदाबहार अभिनेता भुवन केसी र नायिका जिया केसीको प्रेम सम्बन्धको बारेमा पनि पछिल्लो समय मिडियामा आइरहेका छन् । एकाध फिल्मको प्रिमियरमा एकसाथ देखिने भुवन र जिया ‘कृ’ फिल्म युनिटसँगै स्कटल्याण्ड पुगेर फर्किए । उनीहरु लिभिङ टुगेदरमा रहेका छन् । 
संयम पुरी र आश्मा डिसी
नायक संयम पुरी र नायिका आश्मा डिसीको प्रेम लामो समयदेखि चलिरहेको छ । आश्मा भिजे हुँदै संयमसँग प्रेम बसेको थियो । यो क्युट जोडीले फिल्म आभाषमा एकसाथ काम गरेको छ । उनीहरुको जोडी युवा पुस्तामाझ चर्चित एवं हिट पनि रहेको छ । 
सलोन बस्नेत र करिश्मा श्रेष्ठ
क्युट कपलमा नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठ पनि पर्न आउँछन् । निर्देशक शोभित बस्नेत पुत्र लामो समयदेखि करिश्माको प्रेममा छन् । फिल्म ‘एउटा साथी’मा सँगै काम गरेका सलोन र करिश्माको होम प्रोडक्सनमाको फिल्म बाबु कान्छा प्रदर्शनको पर्खाइमा छ । उनीहरु प्रायः ईभेन्ट र रेष्टुरेन्टमा सँगै भेटिन्छन् ।

पूजा शर्मा र सुदर्शन थापा
नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापा बीचको प्रेमसम्बन्धबारे पनि नेपाली चलचित्र उद्योगमा चर्चा हुने गर्दछ । तर आफ्नो प्रेम बारे यी दुवै मिडियामा मौन छन् । आफ्नो प्रेमलाई खुला रुपमा स्विकार गरेका छैनन् । ‘मधुमास’देखि रामकहानीसम्म सुदर्शनकै निर्देशनमा पूजाले फिल्म खेलिरहेकी छिन् । 

 

सलिनमान बनियाँ र अस्प्रिना श्रेष्ठ
फिल्म ‘ए मेरो हजुर २’ खेलेर चर्चामा आएका नायक सलिनमा बनियाँ पनि प्रेममा छन् । अस्प्रिना श्रेष्ठ नाम गरेकी युवतीसँग सलिनको प्रेम चलिरहेको छ । अस्प्रिनाको जन्मदिनमा सलिनले वर्थ डे सेलिव्रेसनको तस्बिर अपलोड गरेका थिए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू