Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय आज मिति २०७८ साल असार ६ गते आइतबार, जुन २०, तपाँईको आजको दिन कस्तो हुनेछ ?

आइतबार पनि शेयर बजार ६.३२ अंकले घट्यो, सुरुवात देखिनै नेप्सेको वेवसाइटमा समस्या

आइतबार १ सय ५९ कम्पनीका २४ करोड ४२ लाख रुपैयाँको शेयर खरिद बिक्री, सबैभन्दा बढी ओम डेभलपमेन्ट बैंकको संस्थापक शेयर १ करोड ७४ लाखमा खरिद

आईतवार, २८ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ २८ । 
साताको पहिलो दिन आइतबार शेयर बजार ६.३२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १३८४.७१ अंकमा झरेको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१९ अंकले घटेर २९२.८१ अंकमा ओर्लिएको छ। आइतबार कारोबारको सुरुवात देखिनै नेप्सेको वेव साइटमा समस्या देखिएको थियो। 

वेव साइटमा समस्या देखिदा कारोबारको पहिलो घण्टा लगानीकर्ता अलमलमा परे। लगानीकर्ताले मूख्य सूचक, उपसूचक र कारोबारलाई प्रत्यक्ष हेर्न पाएनन्। साइटमा समस्या देखिएको भएपनि दोस्रो बजारमा कारोबार सुचारु रहेको थियो।दोस्रो बजारमा कारोबार बन्द हुने समयमा साइटको समस्या हटेको थियो।

आइतबार कारोबारको पहिलो एक घण्टा बजार बढेको थियो। दोस्रो घण्टा बाट घट्न सुरु गरेको बजार कारोबारको अन्त सम्मनै सामान्य उतार चढाबका बीच अन्तमा घटेर बन्द भएको हो। आइतबार १५९ कम्पनीका २४ करोड ४२ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो। सबैभन्दा बढी ओम डेभलपमेन्ट बैंकको संस्थापक शेयर एक करोड ७४ लाख रुपैयाँमा खरिद बिक्री भयो।

कारोबारमा आएका १० उपसूचकमा नौ उपसूचक घटेका छन्। ट्रेडिङ समूहमा कुनै फेर बदल भएन। बैंक २.६७, होटल ३.४, विकास बैंक ८.४६, जलविद्युत २२.४५, फाइनान्स २.६२, बीमा ४०.२२, उत्पादनमूलक ५.५९ अन्य ७.९८ र लघुवित्त १२.७४ अंकले घटेका छन्। 

आइतबार सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन्। आरएसडीसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब १० प्रतिशत गुमाए।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू