Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

म्याराडोनाले भने- मेस्सी बिनाको अर्जेन्टिनी टिम बेकार

फरवार्डका लागि प्रशिक्षक साम्पाओलीको छनोट उनको कार्यकालमै सबैभन्दा गलत रहेको म्याराडोनाले टिप्पणी गरेका छन् ।

आईतवार, २८ माघ २०७४, सगरमाथा पोष्ट

२८ माघ,  काठमाडौं ।

डियगो म्याराडोना समाचार बाहिर विरलै हुन्छन् । उनको पछिल्लो अभिव्यक्तिले पनि निकै चर्चा पाइरहेको छ ।

नपोलीका भुतपूर्व स्टारले अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमको हालको सेटअपको खरो आलोचना गरेका छन् र भनेका छन् कि लिओनल मेस्सीलाई छोडेर टिमले आफ्नो प्रतिष्ठा गुमाइसक्यो ।

राष्ट्रिय टिमको इन्चार्जको रुपमा जर्ज साम्पाओलीको कार्यकालमा टिमले खासै प्रगति गर्न सकेको छैन । मेस्सीको मास्टर क्लासले गर्दा मात्रै टिमले वर्ल्डकपका लागि रुसको टिकट पक्का गरेको थियो ।

‘मेस्सी बाहेक विश्वले अर्जेन्टिनाका लागि सम्मान गुमाइसकेको छ,’ डाइरिओ पपुलरका लागि दिएको अन्तर्वार्तामा म्याराडोनाले भनेका छन्, ‘अहिले हाम्रो टिमसँग कोही पनि डराउँदैन ।’

उनले अगाडि थपे, ‘नाइजेरियाविरुद्धको अघिल्लो म्याचमा हामीले झण्डै आठ गोल खायौं ।’

फरवार्डका लागि प्रशिक्षक साम्पाओलीको छनोट उनको कार्यकालमै सबैभन्दा गलत रहेको म्याराडोनाले टिप्पणी गरेका छन् ।
उनले भने, ‘विश्वकपका लागि माउरो इकाडीमा भर पर्नु उदेकलाग्दो कुरा हो । जबकि हिगुइन उनीभन्दा १० गुणा राम्रा छन् ।’

म्याराडोनाले यतिसम्म भने, ‘त्यो केटो (साम्पाओली) लाई केही पनि थाहा छैन । उसलाई आफ्नो साथीको घरमा के खान गइरहेको छु भन्ने मात्र थाहा छ ।’

म्याराडोना एन्डालुसीयामा रहँदादेखि नै सेभिल्लाका पूर्व प्रशिक्षकसँग सम्वन्ध राम्रो नभएको बुझिन्छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू