Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी Embassy of Pakistan in collaboration with NPFCA distributed relief ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

मध्ये पहाडी लोक मार्ग

स्थानीयवासीले गरे 'मध्यपहाडी लोकमार्ग' मा यातायात सञ्चालनको माग

मार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि स्तरोन्नति गरेर गाडी गुड्न मिल्ने गराउन सरोकारवाला निकायसँग माग

आईतवार, २८ माघ २०७४, सगरमाथा पोष्ट

जाजरकोट, २८ माघ  । 

पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी आक्रोशित भएका छन् । 

सरकारले निकै महत्व दिएर निर्माण गरेको पुष्पलाल नामको लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतीपुरका बासिन्दाले सडकको स्तरोन्नति गरेर गाडी गुड्न मिल्ने गराउन सरोकारयुक्त निकायसँग माग गरेका छन् । जिल्ला समन्वय समिति र प्रदेशसभाका सांसदमार्फत उनीहरुले जाजरकोटमा निर्माण भएको ९२ किमी सडकमा तत्काल गाडी गुडाउन आग्रह गरेका छन् । 

सडक बनेर पूरै बिग्रिसकेको र सडक विभाग, स्थानीय तह र निर्माण व्यवसायीले कुनै वास्ता नगरेपछि आफूहरुले जिससका संयोजक मनबहादुर रावल र प्रदेशसभा सांसद कृष्णा शाहमार्फत सरोकारयुक्तको ध्यानाकर्षण गराएको स्थानीयवासी अटल आचार्यले जानकारी दिए । करोडौँ रकम खर्च गरेर बनाइएको सडकमा गुणस्तर नहुँदा जनताले दुःख पाइरहने गरेको आचार्यले बताए । 

लिखित ज्ञापनपत्र दिएर भेरी नगरपालिकाको कुदुदेखि शिवालय गाउँपालिकाको सुयडासम्मको सडकमा तत्काल गाडी गुड्ने व्यवस्था गर्न आफूहरुले माग गरेको स्थानीयवासी बताउँछन् । रुकुमको चौरजहारी पार गरेपछि जाजरकोटको कुदुदेखि दैलेख र जाजरकोटको सिमाना सुयडासम्म ९२ किमीको लम्बाइ रहेको उक्त सडक वर्षात्को भेल र पहिराका कारण जोखिमपूर्ण र विनाकामको बन्दै गएको तिनको गुनासो छ । 

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दाङका सिनियर डिभिजन इञ्जिनीयर शुभराज न्यौपानेले लोकमार्गको जाजरकोट खण्डको सम्पूर्ण भागको स्तरोन्नति गर्ने काम शुरु हुन लागेको बताए । “भेरी नगरपालिकाको कुदुदेखि छेडागाड नगरपालिकाको सुयडासम्मको सडक कालोपत्रे र चौडा गरिने, पर्खाल लगाइने तथा नाली बनाइने कामका लागि माघ महिनाभित्र बोलपत्र आह्वान हुन लागेको छ”, उनले भने  । 

सडकको कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन आइसकेकाले अब बोलपत्र आह्वान हुन लागेको उनको भनाइ छ । सडक आगामी तीन वर्षभित्र कालोपत्रे गरिसक्ने गरी आफूहरुले काम अघि बढाउन लागेको डिभिजन इञ्जिनीयर न्यौपानेले बताए  ।  रासस
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू