Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

बेसीशहर - चामे सडक

'बेसीशहर-चामे सडक' मा आइतबारदेखि ४ दिन सवारी आवतजावतमा रोक

मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा मोटरेवल पुल निर्माण गर्नका लागी आजबाट सवारीको आवागमन रोक लगाइदै

आईतवार, २८ माघ २०७४, सगरमाथा पोष्ट

मनाङ, २८ माघ। 

मनाङ र लमजुङ जोड्ने एउटै मात्र सडक बेसीशहर चामे सडक आजबाट चार दिनका लागि बन्द हुने भएको छ । मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा मोटरेवल पुल निर्माण गर्ने क्रममा आजबाट पुलको ढलान हुने भएकाले सवारी आवत जावतमा रोक लगाइएको हो । 

साँघुरो सडक भएको र अर्को कुनै विकल्प नहुँदा सवारी आवत जावतमा रोक लगाइएको पुल निर्माणका सह– इन्चार्ज नारायण लामाले बताए  । विसं २०७२ मा भीषण वर्षाले यस खोलाको पुल बगाएपछि हालसम्म काठको अस्थायी पुल निर्माण गरी सवारी साधन ओहोर दोहर गरिरहेका छन् । 

गत जेठमा सडक डिभिजनसँग रु दुई करोड पाँच लाख १७ हजार ८६९ मा सम्झौता गरी यही पुसबाट काम शुरु भएको हो । मनाङको सडकमा तिमाङ खोला र पिसाङ खोलामा पनि पुल निर्माणको सम्झौता भएको छ ।

तिमाङ खोला र पिसाङ खोलामा बढी चिसोका कारण काम गर्न कठिन भएकाले हाल काम रोकिएको छ । यस म्यादी खोलाको पुल निर्माणको आगामी २०७५ साल जेठ सम्ममा सक्ने सम्झौता भए पनि २०७४ साल चैत मसान्तसम्म सब काम सक्ने लक्ष्य रहेको र चार दिनपछि पुन सवारी आवत जावत सञ्चालन हुने सहइन्चार्ज लामाले बताएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू