Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय आज मिति २०७८ साल असार ६ गते आइतबार, जुन २०, तपाँईको आजको दिन कस्तो हुनेछ ?

आइतबार शेयर निष्कासनको आह्वानपत्र !

फागुन ११ देखि साधारण शेयर निष्कासन गर्ने रसुवागढी हाइड्रोपावरको तयारी

रसुवागढी र सान्जेनद्वारा पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र कर्मचारी तथा कम्पन्नीका संस्थापकका लागि शेयर निष्कासन

बुद्धबार, २४ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ २४ । 
रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले फागुन ११ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएका छन् । दुई कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र कर्मचारी तथा कम्पनीका संस्थापक कम्पनीका लागि साधारण शेयर निष्कासन गर्न लागेका हुन् ।
रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँको ८७  लाख ६० हजार कित्ता शेयर निष्कासन गर्ने भएका हुन् । आउँदो आइतबार शेयर निष्कासनको आह्वानपत्र सार्वजनिक गर्ने रसुवागढी जलविद्युत आयोजनका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले जानकारी दिए । 

रसुवागढी आयोजनाको लागि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले ५० देखि ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । यस्तै सञ्चयकोषका कर्मचारीले ५० कित्ता देखि २५ सय  कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 
यस्तै माथिल्लो र तल्लो साञ्जेन आयोजनाको लागि शेयरधनी संस्थाका कर्मचारीले ५० कित्तादेखि ३ सय कित्तासम्म आवेदन दिन सक्नेछन्  भने सञ्चयकोषका कर्मचारीले ५० देखि १ हजार कित्तासम्म शेयर आवेदन दिन सक्ने आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा रसुवाबासीका लागि १० प्रतिशत र तेस्रो चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत शेयर निष्कासन गरिने दुवै कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । चिलिमे जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरणको प्रवद्र्धनमा  १ सय ११ मेघावाटको रसुवागढी, १४ दशमलव ८ मेगावाटको साञ्जेन र ४२ दशमलव ५ मेगावाटको तल्लो साञ्जेन जलविद्युत आयोजना निर्माण भैरहेको छ ।

कर्मचारीले मात्र आईपीओ भर्न पाउने भएकाले प्रमाणिकरणका लागि बैंकमै धाउनु पर्ने अवस्था आएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ध्रुव तिमल्सिनाले बताए । 

सबैजना कर्मचारी भएकाले प्रमाणिकरणका लागि पनि अनलाईनबाट आईपीओका लागि आवेदन दिन नपाउने उनको भनाई थियो । बैंकमा गएर परिचयपत्र देखाएपछि आस्वा प्रणालीमार्फत आफूले चाहेको शेयर भर्न पाउने उनले स्पष्ट पारे । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू