Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय आज मिति २०७८ साल असार ६ गते आइतबार, जुन २०, तपाँईको आजको दिन कस्तो हुनेछ ?

माथिल्लो तामाकोशी !

२ करोड ६४ लाख कित्ता शेयर जारी गर्ने माथिल्लो तामाकोशीको तयारी

कम्पनीले स्थानीयलाई १ अर्ब ५ करोड र सर्वसाधारणलाई १ अर्ब ५८ करोड रुपैयाँको शेयर दिने, ४ सय ५६ मेगावाटको आयोजनाको ९० प्रतिशत काम सम्पन्न

आईतवार, २१ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ २१ । 
माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले २ अर्ब ६४ करोड रुपैयाँको (२ करोड ६४ लाख कित्ता) सेयर जारी गर्ने भएको छ ।

कम्पनीले स्थानीयलाई १ अर्ब ५ करोड रुपैयाँ र अन्य सर्वसाधारणलाई १ अर्ब ५८ करोड रुपैयाँको सेयर दिने भएको हो । कम्पनीले ४ सय ५६ मेगावाटको आयोजना बनाउदैछ । गत भदौंसम्ममा आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ ।

कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर यसअघि जारी गरिसकेको छ । यसअघि ऋणदाता कम्पनीको लागि सेयर जारी गरिएको थियो ।

हाल प्रतिमेगावाट १४ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत दर बढ्ने सम्भावना छ । हालको अन्तिम प्रक्षेपण अनुसार आयोजनाको लागत बढेर ६५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

बढ्दो व्याजदर र विनिमय दरको कारण कम्पनीको दायित्व बढेकोले लागत बढेको उल्लेख गरेको छ । हाल मुख्य कर्जाको व्याजदर १२ प्रतिशतसम्म रहेको छ । हाल कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दुरसञ्चार प्राधिकरण, राष्ट्रिय बीमा संस्थानबाट कर्जा लिएको छ ।

बैंकबाट यी संस्थाले पाउने व्याजदरको आधारमा आयोजनाको लागि व्याजदर पनि परिर्वतन भइरहने गरेको । यी संस्थाबाट आयोजनाले लगभग २० अर्ब रकम ऋण लिएको थियो ।

४४ अर्ब ९८ करोड खर्च भइसकेको आयोजनामा ३९ अर्ब ऋणबाट लिइएको छ । भने आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाइनमा जोडिएसँगै सरकारले प्रतिमेगावाट ५० लाख रुपैयाँको दरमा अनुदान दिनेछ । यसबाट पनि भविष्यमा आउन सक्ने दायित्व पुरा गर्न सहयोग पुग्नेछ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू