Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

चलचित्रको छायाँकनका लागि दीपिका र इरफान नेपाल आउदै

आगामी मार्च ५ बाट छायाँकन सुरु हुने चलचित्रलाई विशाल भारद्वाजले निर्देशन गर्दै

शुक्रबार, १९ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ १९ । 
पछिल्लो समय बलिउड कलाकार नेपालमा आउने क्रम जारी छ । केहि समय अघि मात्र बलिउड अभिनेता सलमान खान, अभिनेत्री सोनाक्षी सिन्हा लगायतका कलाकार नेपाल आउने विषयले चर्चा पाएको थियो । 

अहिले भने बलिउडकी चर्चिच अभिनेत्री दिपिका पादुकोण र अभिनेता इरफान खान नेपाल आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

दिपिका र इरफान एक महिनापछि छायाङ्कन हुने चलचित्रको लागि नेपाल आउने भएका हुन् । यसअघि एकसाथ ‘पिकु’मा काम गरेका इरफान र दीपिकाको यो दोस्रो चलचित्र हो । 

चलचित्रलाई विशाल भारद्धाजले निर्देशन गर्दै छन् । यो चलचित्रको छायाङ्कन मार्च ५ बाट नेपालमा सुरु हुँदैछ । भारतको एक लिडिङ मिडियासँग चलचित्रका निर्माताले कुरा गर्दै मार्च ५ बाट नेपालमा छायाङ्कन हुने बताएका हुन्। 

चलचित्रलाई विशाल भारद्धाज पिक्चर्स, क्रियर्ज इन्टरटेन्मेन्ट र टी सिरिजले मिलेर बनाउन लागेका हुन् । अंडरवर्ल्ड डन रहिमा खान उर्फ सपना दिदीको जीवनीमा बन्न लागेको चलचित्रमा दीपिका मुख्य भूमिकामा देखिने छिन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू