Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

‘एउटा यस्तो प्रेम कहानी’मा संजोग र वर्षासँगै प्रियंका कार्की पनि समावेश

फागुनबाट छायाङ्कन सुरु हुने चलचित्र नारीप्रधानको साथै लभ स्टोरी रहने

सोमबार, १५ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ १५ । 
केही समय अघि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा नायक संजोग कोइराला र नायिका वर्षा राउत अनुबन्धित भएका थिए । पछिल्लो समय सोही चलचित्रमा नायिका प्रियंका कार्की पनि अनुबन्धित भएको खवर बाहिर आएको छ । 

लामो समयसम्म प्रेम सम्बन्धमा रहेका यी दुईले पहिलो पटक एकसाथ काम गर्न लागेको चलचित्रमा अर्की चर्चित अभिनेत्री प्रियंका कार्कीको पनि इन्ट्री भएको हो । अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा प्रियंका फाइनल भएकी हुन् । 

चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गर्दै छन् । चलचित्रमा प्रियंकाको साथमा कलाकार किरण केसी र अभिनेता दिलीप रायमाझी पनि फाइनल भएका छन् । 

चलचित्रमा कोरियोग्राफीको पाटो कविराज गहतराजले समाल्ने भएका छन् भने सङ्गीतमा वसन्त सापकोटा र अर्जुन पोखरेल तय भएका छन् । फागुनबाट छायाङ्कन सुरु हुने चलचित्र नारीप्रधानको साथै लभ स्टोरी रहने बताइएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू