Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

बैंक र बीमा क्षेत्रमा आएको सुधारले आइतबार शेयर बजारमा केही अकंको वृद्धि

शेयर बजार १.४२ अंकले बढेर १४०५.९५ अंकमा पुग्यो, सेन्सेटिभ इन्डेक्स ०.६० अंकले बढेर २९७.०१ अंकमा उक्लियो

आईतवार, १४ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ १४। 
बैंक र बीमा क्षेत्रमा आएको सुधारले साताको पहिलो दिन आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आइतबार शेयर बजार १.४२ अंकले बढेर १४०५.९५ अंकमा पुगेको छ । ’क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६० अंकले बढेर २९७.०१ अंकमा उक्लिएको छ ।

आइतबार १० उपसूचक मध्ये दुईवटा उपसूचक मात्रै बढेका छन् । अन्य आठ समूहका उपसूचक भने घटेका छन्। वाणिज्य बैंक र विकास बैंकका सूचकमा आएको सुधारले बजार सामान्य बढेको हो । आइतबार १४०४ अंकबाट सुरु भएको बजारले पहिलो ५० मिनेटमा सात अंक उक्लिदै बजारले १४११ अंक भेट्टाएको थियो।

त्यसपछी बिस्तारै घटेको बजार साढे २ बजे सम्म घट्दै १४०३ अंकमा ओर्लिएको थियो। तर अन्तिम सात मिनेटमा बजार झिनो अंकले बढेर बन्द भएको छ। आइतबार १५८ कम्पनीका आठ लाख ५१ हजार कित्ता शेयर ३५ करोड ४७ लाख रुपैयाँमा खरिद बिक्रि भयो। 

सबैभन्दा बढी सानिमामाई हाइड्रोपावर कम्पनीको दुई करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो।   कारोबारमा आएका उपसूचकमा बैंक ५.९२ र विकास बैंक ४.७६ अंकले बढेको छ। ट्रेडिङ १०.३९, होटल २८.०२, जलविद्युत १६.९२, फाइनान्स २.७५, बीमा १२.४९, उत्पादनमूलक ९.३९, अन्य ३.०३ र लघुवित्त ५.४५ अंकले घटेका छन्।

आइतबार सबैभन्दा बढी एनएमबि बैंकका शेयरधनीले करिब चार प्रतिशत कमाएका छन्। सिन्धु विकास बैंकका शेयरधनीले करिब सात प्रतिशत गुमाए।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू