Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

आगामी साउनदेखि नेपाली चलचित्र भवनमा ‘बक्स–अफिस’ लागू हुने

उपत्यका बाहिरका हलमा भने आगामी वर्षको माघबाट बक्स अफिस कार्यान्वयन गरिने, ‘व्रेन डिजिट इट सोलुशन’ लाई बक्स अफिस जडानका लागि निर्देशन

बिहीवार, ११ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ ११ । 
लामो समयको बहसपछि वि.सं २०७५ साल श्रावण १ गतेबाट नेपाली चलचित्र भवनहरुमा बक्स अफिस लागू हुने भएको छ । 
बक्स अफिस लगाउनुपर्छ र लगाएर फाइदा हुँदैन भन्ने बिषयमा लामो समयदेखि बहस हुँदै आएको थियो ।

निर्माताहरुले बक्स अफिस लगाउन लामो समयदेखि माग गर्दै आएका थिए । चलचित्र विकास बोर्डका यस अगाडिका २ अध्यक्षले बक्स अफिस लागू गर्ने एजेन्डा लिएका थिए तर पुरा गर्न सकेनन् ।

तर, अब भने श्रावण १ गतेबाट बक्स अफिस लागू हुने भएको छ । चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको वैठकले प्राविधिकहरुसँगको छलफल पश्चात आउँदो बर्षको वैशाख १ गतेबाट बक्स अफिस परिश्रण गर्ने र श्रावण १ गतेबाट काठमाडौंमा लागू गर्ने निर्णय गरेको छ ।

यस्तै, आउँदो बर्षको माघ १ गतेबाट काठमाण्डौ बाहिरका हलमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । बक्स अफिस जडान गर्ने कम्पनि ‘व्रेन डिजिट इट सोलुशन’ नाम कम्पनिलाई जडानका लागि निर्देशन पनि दिइएको छ ।

 बक्स अफिस कार्यान्वयन समितीमा संयोजकको रुपमा नरेन्द्र महर्जन छन् । यस्तै, सदस्यहरुमा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराइ छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू