Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी Embassy of Pakistan in collaboration with NPFCA distributed relief ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

खुकुरी इएनटीको आयोजनामा खुकुरी टि–ट्वान्टी क्रिकेट माघ १० मा

सहभागी टोलीलाई चार समूहमा विभाजन, विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख हात पार्ने

आईतवार, ७ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, ७ माघ (रासस) । 
खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ ।  यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष अध्यक्ष विनयविक्रम थापाले जानकारी दिए । 
इएनटीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न २० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । 
सहभागी टोलीहरुले सन् २०१५ देखि राष्ट्रिय टोलीमा आबद्व चार खेलाडी राख्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । तर खेलका दौरानमा भने तीन खेलाडी मात्र खेल्न पाउनेछन् । 
प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख हात पार्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु २० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट बलर तथा ब्याट्सम्यानले जनही रु दश हजार पाउनेछन् । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू