Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

दुइ वर्षभित्र सक्ने गरि थालिएको थामखर्क विमानस्थल कालोपत्र सुस्त गतिमा

अहिलेसम्म ३५ प्रतिशतमात्र काम सम्पन्न, ठेकेदारको लापरबाहीका कारण सुस्त गतिमा भइरहेको स्थानीयवासीको आरोप

बिहीवार, ४ माघ २०७४, सगरमाथा पोष्ट

खोटाङ, ४ माघ (रासस) ।
दुई वर्ष्भित्र सम्पन्न गर्ने गरी कालोपत्र थालिएको थामखर्क विमानस्थलको काम सुस्त गतिमा भइरहेको छ । विमानस्थल कालोपत्रको अहिलेसम्म ३५ प्रतिशतमात्र काम सम्पन्न भएको निर्माणस्थलमा खटिनुभएका फिल्ड सुपरभाइजर दानबहादुर श्रेष्ठले बताए । 

उडान शुरु गरेको १८ वर्षसम्म कालोपत्र हुन सकेको थिएन । थामखर्क विमानस्थलमा रौता कन्स्ट्रक्सन कम्पनीले २०७३ माघदेखि कालोपत्र शुरु गरेको हो भने २०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरी जिम्मा लिएको हो । विमानस्थल निर्माणमा अहिले १५ जना कामदारले मात्र काम गरिरहेका छन् । 

विसं २०५६ बाट उडान शुरु भएको थामखर्क विमानस्थल कालोपत्रको काम ठेकेदारको लापरबाहीका कारण सुस्त गतिमा भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु नौ करोड ३८ लाख ६८ हजार लागतमा उक्त विमानस्थलको धावन मार्ग कालोपत्र भइरहेको छ । 

कालोपत्रको काम छिटो सम्पन्न गर्न दबाब दिँदै आएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । कालोपत्रका लागि विमानस्थलको धावन मार्गमा ढुंगा तथा गिटी थुपारिएपछि उक्त विमानस्थलमा नौ महिनादेखि हवाई सेवा अवरुद्ध छ । 

विमानस्थल कालोपत्र भएपछि जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दासँगै भोजपुरका सर्वसाधारणले समेत सेवा पाउने छन् । नियमित हवाई सेवा सञ्चालन भए काठमाडौँलगायत तराईका विभिन्न जिल्लासम्म आवतजावत गर्न सहज हुनेछ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू