Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय

पञ्चकन्या माईले आगामी ५ गते स्थानीयवासीका लागि शेयर निष्काशन गर्ने

१२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०% शेयर निष्कासन गरिने

बुद्धबार, ३ माघ २०७४, सगरमाथा पोष्ट

इलाम, माघ ३ ।
इलामको सन्दकपुर गाउँपालिकामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले यही माघ ५ गतेदेखि स्थानीयवासीका लागि शेयर निष्कासन गर्ने भएको छ । 

१२ मेगावाटको माथिल्लो माई र ६ दशमलभ १ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताउनुभयो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाका लागि रु ११ करोड मूल्य बराबरको ११ लाख कित्ता शेयर खरिद गर्न दिने भएको हो । 

सन्दकपुर गाउँपालिकावासीले छ लाख ६० हजार तथा इलाम नगरपालिकावासीले चार लाख ४० हजार कित्ता शेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ । 

शेयर खरिदकर्ताले सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कम्पनीको कार्यालयमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । खरिदकर्ताले न्यूनतम २० देखि अधिकतम पाँच हजार पाँच सय कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने जनाइएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू