Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

सडक विस्तार

झापाको दमकदेखि पाँचथरको रवि सम्म गरियो सडक मार्ग खुला

दुई दशकअघिदेखि निर्माणाधीन ४१ किमी सडकको सबै भाग खुला, एक सातापछि साना सवारी साधन गुडाउन दिइने निर्णय

मंगलवार, २ माघ २०७४, रासस /(आहाखबर).

दमक, २ माघ 

झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने दमक–रवि चिसापानी सडक (फाल्गुनन्द मार्ग) को सम्पूर्ण भाग खुलेको छ । 

दुई दशकअघिदेखि निर्माणाधीन ४१ किमी सडकको सबै भाग खुलेको निर्माण उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष गगन पुरीका अनुसार एक सातापछि साना सवारी साधन गुडाउन दिइने निर्णय भएको छ ।

यस अगाडि रतुवा खोलाको किनारै किनार सवारी साधन सञ्चालन हुँदै आएका थिए । निर्माण उपभोक्ता समितिले यही माघ ७ गतेदेखि मार्गबाट सम्पूर्ण यातायात चलाउन सार्वजनिक रुपमा आग्रह समेत गरेको छ । 

सडक वर्षात्का समयमा सधैँ अवरुद्ध हुने गर्थ्यो । हिउँदमा पनि त्यहाँको घर्तीदोभानसम्म रतुवा खोलाको किनारै किनार सवारी साधन गुड्दै आएका थिए । उनले अब वर्षात् र हिउँदमा सवारी गुड्ने तहमा पुगेको बताए  । अब लामो समयपछि त्यस सडकबाट नै अब सवारी साधन निर्बाध रुपमा चल्ने अध्यक्ष पुरीको भनाइ छ । 

सो सडक निर्माण पूरा नहुँदा वर्षात्मा दमकबाट रविसम्म पुग्न इलाम सदरमुकाम, राँके हुँदै जाँदा १७८ किमीको दूरी पार गर्नुपर्ने मात्र होइन त्यहाँ पुग्न दुई दिन नै बित्ने गरेको उपभोक्ता समितिका महासचिव हेमन्त राई बताउँछन्  । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू