Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

पहिलो मिस गोरखा

२० प्रतिस्पर्धीहरुलाई उछिन्दै इशाले जितिन् पहिलो ‘मिस गोरखा’को ताज

ठूलो आँगनकी प्रकृति श्रेष्ठ फस्ट रनर अप र बसपार्ककी विष्णु घले सेकेण्ड रनर अप घोषित

शुक्रबार, २८ पौष २०७४, रासस /(आहाखबर).

गोरखा, २८ पुस । 

गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जितेकी छिन् । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा भएकी हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवं सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले इशाको शिरमा ताज पहिर्याइदिइन्  । साथै, निर्णायकले नगद र जिन्सी गरी रु एक लाख बराबरको पुरस्कार इशालाई दिए  । सौन्दर्यकला व्यवसायी संघले गरेको प्रतियोगितामा २० जना प्रतिस्पर्धी सहभागी थिए । 

ठूलो आँगनकी प्रकृति श्रेष्ठ फस्ट रनर अप हुँदै नगद र जिन्सी गरी रु ५० हजार बराबरबाट पुरस्कृत भइन् भने सेकेण्ड रनर अप बसपार्ककी विष्णु घलेले रु ३० हजार बराबरको र थर्ड रनर अप चाइनीज धाराकी सिर्जना मगरले नगद र जिन्सी गरी रु १० हजारभन्दा बढीले पुरस्कृत भईन्। 

सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष सुकु श्रेष्ठले आफूहरुले दुःख गरी पहिलो पटक मिस गोरखाको सफल आयोजना गरेको भन्दै सहयोग गर्नेहरुलाई धन्यवाद दिइन् । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू