Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ?

सञ्जिता पाठकले जितिन् ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८’ को उपाधि

अनिशा लामा फस्ट रनरअप, साधना खड्का सेकेन्ड रनरअप र स्वस्तिका रेग्मीले थर्ड रनरअप, मोस्ट पपुलरको उपाधि दीपिका खड्कालाई

आईतवार, २३ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौ, पुस २३ । 

‘मिस टिन कन्टेस्ट नेपाल–२०१८’ को उपाधि सञ्जिता पाठकले जितेकी छिन् । ¥याम्प जोन इन्टरप्राइजेजले राजधानीस्थित राष्ट्रिय नाचघरमा गरेको प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै सञ्जिताले ‘टाइटल’ जितेकी हुन । यससँगै उनले विभिन्न उपहार, म्युजिक भिडियोमा मोडलिङ गर्ने अवसर र करिब ७५ हजारको विभिन्न सीप प्रशिक्षणको अवसर समेत पाएकी छिन् । 

त्यस्तै, प्रतियोगितामा अनिशा लामाले फस्ट रनरअप, साधना खड्काले सेकेन्ड रनरअप र स्वस्तिका रेग्मीले थर्ड रनरअपको उपाधिका साथै अन्य विभिन्न उपहार प्राप्त गर्न सफल भए । प्रतिस्पर्धामा मस्ट ब्युटीफुल समीक्षा तामाङ, बेस्ट स्किन स्वस्तिका रेग्मी, मोस्ट चार्मिङ रीना लामा, बेस्ट क्याटवाक पूजा आचार्य, भिवर्स च्वाइस शुभेच्छा राई, र मोस्ट ट्यालेन्ट प्रवीणा शाही घोषित भए । 

त्यसैगरी मिस पोजिटिभ एटिच्युट निरुता चौधरी, बेस्ट फिटनेस अलिशा स्याङ्तान, मोस्ट फ्रेन्डली सञ्जिना उप्रेती, मिस कन्जियानिलिटी शुभेच्छा राई, बेस्ट स्माइल आस्मा अर्याल, बेस्ट पर्सनालिटी वर्षा कोइराला, मस्ट एक्टिभ सञ्जना उप्रेती घोषित भए । प्रतियोगितामा मोस्ट पपुलरको उपाधि दीपिका खड्काले जितिन् । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू