Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

सडक विस्तार

पर्यटकीय महत्वको भैरहवा–तौलिहवा सडक स्तरोन्नतिको काम शुरु

स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडी यस क्षेत्रको व्यापारिक क्रियाकलापमा ठूलो योगदान पुग्ने

सोमबार, १७ पौष २०७४, दीपक घिमिरे.

लुम्बिनी, १७ पुस  ।

अबको दुई वर्षपछि बुद्ध जन्मस्थल लुम्बिनीसम्म पुग्न पर्यटकले धुलो खानु पर्ने छैन, न त जाममा नै फस्नु पर्नेछ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्न सहज हुने भएको हो । भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ । 

भैरहवा–तौलिहवा सडकको स्तरोन्नति गर्ने कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । सासेक सडक सुधार आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाका प्रमुख राजेश प्रसाद पौडेलले सडकको प्रारम्भिक चरणको काम शुरु भएको बताए  । उनका अनुसार पहिलो चरणअन्तर्गत  उक्त सडकका दायाँबायाँ पुर्ने कार्य शुरु भइसकेको छ र सडकको दायाँबायाँ पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामका लागि प्रक्रिया अघि बढाइएको छ । भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चोकसम्मको बाटोलाई स्तरोन्नति गरी छ लेनको बनाइँदै छ भने विमानस्थल चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोकसम्म चार लेनको बनाउन लागिएको छ । भैरहवादेखि लुम्बिनीसम्मको सडक अहिले दुई लेनको रहेको छ । त्यसैगरी लुम्बिनीदेखि कपिलबस्तु तौलिहवासम्मको सडक दुई लेनको बनाइँदै छ । उक्त सडक अहिले एक लेनको रहेको छ । 

हालको कालोपत्रलाई केन्द्रविन्दु मानी सडकको केन्द्र भागदेखि ठाउँ अनुसार दयाँबायाँ चौडा बनाइने छ । सडकको काम आगामी साढे दुई वर्ष अर्थात २०१९ डिसेम्बरसम्ममा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । सडक निर्माणका क्रममा सडक दायाँबायाँ रहेका घर पर्खाल भत्काउनु पर्ने भएको छ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार सडक क्षेत्रमा पर्ने घर पर्खाललगायतका संरचना भत्काउँदा मुआब्जाको सट्टा उनीहरुलाई क्षतिपूर्तिको व्यवस्था मिलाइने पौडलले जानकारी दिए  । कूल ४१ दशमलव १३० किलोमिटर लामो रहेको यो सडकको भैरहवा बुद्ध चोकदेखि विमानस्थलसम्म ३ दशमलव ६८ किलोमिटर छ लेन, विमानस्थलदेखि लुम्बिनीको पर्सा चौराहासम्म १४ दशमलव ४२० किलोमिटर चार लेन र बाँकी पर्साचोक देखि तौलिहवा सम्मको २३ दशमलव ३० किलोमिटर दुई लेनको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । छ लेन सडकको बीच भागमा ‘ग्रिन वेल्ट’, दूई–दूई लेनको सडक र दायाँबायाँ एक–एक सर्भिस लेनसहितको ‘फुटपाथ’ समेत निर्माण गरिने जनाइएको छ । 

सडक खण्डमा ३६ बटा यात्रु प्रतीक्षालय बनाउनुका साथै काटिएका दुई हजार एकसय रुखको बदला पाँचहजार एकसय रुख रोप्ने योजना छ । सडकको कोरिया इन्जिनीयरिङ कन्सलटेन्टले प्राविधिक कामहरुको समन्वय, निगरानी र परीक्षण गर्ने छ । हाल योजनामा ५०–६० जना प्रविधिज्ञहरु लागेका छन् । आवश्यकता अनुसार थप प्रविधिज्ञ परिचालन गर्ने आयोजनाका आवासीय इन्जिनियर राजेन्द्रसिंह मोनीले बताए । एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा भैरहवा तौलिहवा सडक योजनाअन्तर्गत निर्माण हुनलागेको यो सडकको लागत भ्याटसहित करिब रु एक अर्ब ९३ करोड रहेको छ । स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नुका साथै यस क्षेत्रको व्यापारिक क्रियाकलापमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । 

सडक निर्माण पूरा भएपछि यो सडक निकै सुन्दर देखिने आयोजनाको दावी छ । यसले लुम्बिनीसम्म पुग्ने पर्यटकलाई पनि निकै सहज हुने देखिएको छ भने छोटो अवधिमै गन्तव्यसम्म पुग्न सकिने छ । 
भैरहवा–लुम्बिनी सडक दुई लेन र लुम्बिनी–तौलिहवा सडक एक लेन भएकाले निकै साँघुरो एवं जीर्ण हुँदा आवागमनमा कठिनाइ उत्पन्न भएको छ जसका कारण सडक दुर्घटनासमेत बढ्दै गएको छ । सडक योजनाअन्तर्गत पर्ने ४१ दशमलव १३० किलोमिटर सडक स्तरोन्नति गर्न गवार कन्सट्रक्सन लिमिटेड गुणगाँव भारतले १ अर्ब ९३ करोड ६ लाखमा ठेक्का सम्झौता गरेको छ । हालसम्म सडकको दुवैतर्फ पुर्ने, सडक निर्माणका लागि रेडिमिक्स प्लान्ट, क्रेसर उद्योग, प्रयोगशाला तथा आवश्यक अस्थायी स्थलहरुको निर्माण गरिसकिएको बताइएको छ । योजनाअनुसार पहिला लुम्बिनी–तौलिहवा खण्डको २३ किलोमिटर दुई लेन सडक कालोपत्र गरेर यही मंसिरभित्र सम्पन्न गरिने गवार कन्सट्रक्सनका कन्ट्रयाक्ट म्यानेजर पी भी श्रीनिवासनले बताए  । 

योजनाअन्तर्गत पर्ने सडकको दुवैतर्फ भएका रुखहरुको प्रतिवेदन वन विभाग पठाइएको र अनुमति आउनासाथ रुख काटेर कामलाई तीव्रता दिइने योजना प्रमुख पौडेलले बताए । आयोजनाका अनुसार सम्झौता गरे लगत्तै खेती किसानी र धान काट्ने समय शुरु भएको कारण कात्तिक –मंिसरबाट मात्र सडकको स्तरोन्नति शुरु गरिएको र अहिलेसम्म ३–४ प्रतिशत भौतिक काम भइसकेको छ । योजना सम्पन्न गर्न करिब साढे ४ लाख वर्गमिटर कच्चा पदार्थ आवश्यक पर्ने बताइन्छ । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू