Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

चलचित्र ‘लिलिबिली’ मा प्रियंका र प्रदीप रोमान्स गर्दै

युरोप छायाँकन सकियो, केहि प्रतिशत छायाँकन भने नेपालमै हुने

शुक्रबार, १४ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं, पौष १४ । 
बहुप्रतिक्षित चलचित्र ‘लिलिबिली’ को युरोप छायाँकन सकिएको निर्माण युनिटले बताएको छ । लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्तानबुलमा पुगेर फिल्मको छायाँकन सकिएको यूनिटले बताएको हो ।

चलचित्रको स्तानबुलमा नेपाली सिने जगतका चर्चित तथा चकलेटी नायक प्रदीप खड्का र प्रियंका कार्की फिचरिङ गीतको छायाँकन सकिएको हो । चलचित्रको केहि प्रतिशत छायाँकन भने नेपालमै हुनेछ ।

युरोपियन देशमा ‘लिलिबिली’ को छायाँकन सकिन झन्डै ५० दिन लागेको निर्माण युनिटले जनाएको छ । चलचित्रमा नायिका प्रियंका कार्की र नायक प्रदिप खड्काको जोडीलाई बढी चासोको साथमा हेरिएको छ । 

चकलेटि नायक प्रदिपले चलचित्रमा नायिका कार्की र नब नायिका जसितासँग स्किृन सेयर गर्दै छन। मिलन चाम्स निर्दे्शित फिल्ममा प्रियंका कार्की, प्रदीप खड्का, जसिता गुरुङ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।

काफिया फिल्मस, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । चलचित्र ‘लिलिबिली’ चैत ३० मा देशभर प्रदर्शन हुँदैछ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू