Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

हिरो र निर्देशकको गर्लफ्रेन्ड नबन्दा कैयौं फिल्मबाट निकालिएं : प्रियंका चोपडा

‘बलिउडमा महिला र पुरुषको पारिश्रमिकमा निकै भेदभाव छ’

बिहीवार, १३ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं पौष १३ । 
बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले चलचित्र क्षेत्रमा काम गर्दा वा स्थापित हुँदा विभिन्न खाले सास्ती खेप्नु परेको दुखेसो पोखेकी छिन् । 

बलिउडका आफ्नो राम्रो समुन्नत करियर बनाउनका लागि संघर्षको दौडानमा विभिन्न सास्ती खेप्नु परेको उनले बताएकी हुन् । 

कहिले हिरोको त कहिले निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता रहेको चोपडाले खुलाएकी छिन् । उनले भनेकी छिन, ‘गर्लफ्रेन्ड बन्न नसक्दा म धेरै फिल्मबाट निकालिएँ ।’ अतः उक्त भुमिका नायक र निर्देशक मध्येको गर्लफ्रेन्डले पाउने गरेको उनले बताएकी छिन् ।

प्रियंकाले बलिउडमा कास्टिङ काउचको रुप कस्तो हुन्छ भन्ने कुरा पनि उदाङगो पारेकी छिन् । बलिउडमा अभिनेत्रीहरु ठगिएको पनि उनको गुनासो थियो । बलिउडमा महिला र पुरुषको पारिश्रमिकमा निकै भेदभाव रहेको उनको भनाइ छ ।

त्यसो त अहिले प्रियंकाले अन्तर्रा्ष्ट्रिय फेम पाइसकेकी छिन् । उनी त्यस्ती अभिनेत्री हुन, जो आफ्नै बलबुतोले अहिलेको स्थानसम्म आइपुगेकी हुन् । जबकी उनी आफ्ना समकक्षी जस्तै फिल्मी पृष्टभूमीबाट आएकी होइनन् । 

उनी यसवर्ष फोब्र्सको सेलिब्रेटी सूचीमा सामेल भएकी छिन् । यस सूचीमा सामेल हुने उनी एक्लो बलिउड अभिनेत्री हुन् । उनले हलिउडमा समेत काम गरि सकेकी छिन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू