Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

इपिएल क्रिकेट प्रतियोगितामा अन्तिम चारमा पुग्न सफल टोली

प्रतियोगिताका ६ टोलीमध्ये काठमाडौं किंग्स इलेभेन र चितवन टाइगर्ससमूह चरणबाटै आउट

मंगलवार, ११ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं, पुस ११ ।
विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर्स, पोखरा राइनोज र ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको अन्तिम ४ मा पुगेका छन् ।

बुधबारको पहिलो खेलमा विराटनगर र भैरहवा तथा दोश्रो खेलमा ललितपुर र पोखरा खेल्नेछन् । विराटनगर र भैरहवाबीचको खेलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोलीले ललितपुर र पोखराबीचको विजेतासँग प्लेअफ खेल्नेछ । 

प्रतियोगिताका ६ टोलीमध्ये काठमाडौं किंग्स इलेभेन र चितवन टाइगर्स भने समूह चरणबाटै बाहिरिएका छन् । मंगलबारको दोश्रो खेलमा ललितपुर प्याट्रिएट्सले पोखरा राइनोजलाई ६ विकेटले हराएको छ । 

रोमाञ्चक खेलको अन्तिम बलमा रन चाहिएकोमा ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले छक्का हान्दै टीमलाई जिताए । 

१ सय ३३ रनको लक्ष्य पाएको ललितपुरका लागि जयकिशन कोल्सवालाले ५५, शंकर रानाले ३५ र कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ३३ रनको योगदान दिए ।

यसअघि कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । 

उसका सुनिल धमलाले नटआउट ७० र राजेश पुलामीले ३२ रन बनाएका थिए । मंगलबारको पहिलो खेलमा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई ४ विकेटले हराएको थियो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू