Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

विराटनगर वारियर्सको रोमाञ्चक जित, पाँचौँ खेलमा पनि विजयी

काठमाडौं किंग्स इलाभेन ८ रनले पराजित, जितपछि विराटनगर अंकतालिकाको शीर्ष स्थानमा कायमै

सोमबार, १० पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं, पुस १०।
एभरेष्ट प्रिमियर लिग क्रिकेटमा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलाभेनलाई ८ रनले हराएको छ । १ सय ४८ रनको लक्ष्य पाएको काठमाडौंलाई १ सय ३९ रनमा अलआउट गर्दैै विराटनगरले ८ रनको जित हात पारेको हो । 

विराटनगरको यो लगातार पाँचौँ जित हो । विराटनगर प्रतियोगितामा अहिलेसम्म एक खेल पनि नहार्ने एकमात्र टिम हो । काठमाडौंका लागि कप्तान फारविज मेहरुफले ४२ तथा नरेश बुढाऐरले ३० रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । विराटनगरका लागि अंशुमन रथले तीन तथा वसन्त रेग्मी र रामनरेश गिरीले दुई दुई विकेट लिए ।

काठमाडौंलाई जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएकोमा विराटनगरका रामनरेशले २ विकेट लिँदै ८ रन मात्र दिए । काठमाडौंका सिद्धान्त लोहनीले ठूला सट हान्दै टिमलाई जिताउने प्रयास गरे पनि उनी छक्का हान्न खोज्दा आउट हुन पुगे । 

आजको जितपछि विराटनगर अंकतालिकाको शीर्ष स्थानमा कायमै छ भने काठमाडौं पुछारबाट दोश्रो स्थानमा धकेलिएको छ । कीर्तिपुरमा पहिले ब्याटिङ गरेको विराटनगले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । 

विराटनगरका लागि बाबर हायतले ६७, अंशुमन रथले ३२ र पारस खड्काले २६ रन बनाए । काठमाडौंका सोमपाल कामी र अमरसिंह रौटेलाले दुई दुई विकेट लिएका थिए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू