Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

धौलागिरी आइसफल पदमार्ग

६ वर्षदेखि अवरुद्ध धौलागिरि आइसफल पदमार्गको पूर्वाधार निर्माण कार्य आरम्भ

पदमार्ग निर्माण योजना अगाडि बढे पनि नक्सांकन र थप पर्यटन पूर्वाधार निर्माण नहुँदा पदमार्ग सञ्चालनमा ढिलाइ भएको जानकारहरुको कथन

सोमबार, १० पौष २०७४, रासस /(आहाखबर).

म्याग्दी, १० पुस । 

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । छ वर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा निरन्तररुपमा पूर्वाधार निर्माणको काम भइरहेको छ । 

मनोरम हिमशृंखलाको दृष्यावलोकन गर्न सकिने सो पदमार्गमा पर्यटन कार्यालय पोखरामार्फत विनियोजन भएको रु १० लाख बजेटबाट पदमार्गअन्तर्गत चिमखोलाको ससलधारा क्षेत्रमा करिब एक किलोमिटर पदमार्ग निर्माण गरिएको हो । झण्डै दुई महिना धौलागिरि हिमालको फेदीतिर अस्थायीरुपमा बसोबास गरी २८ वटा पदमार्ग निर्माण गरिएको धौलागिरि आइसफल पदमार्ग निर्माण समितिका अध्यक्ष धु्रवकुमार पाइजाले जानकारी दिए । 

रघुगंगा नदीको किनारमा ससलधारा कोखेभिरदेखि कालीबराह खोलासम्म पदमार्ग निर्माण गरिएको छ । अक्करे भिरमा डोरीको सहायताले भिर फोरेर पदमार्ग निर्माण गरिएको छ । “अझै केही भिरमा पदमार्ग खन्नुपर्नेछ, त्यसको लागि सरकारी तवरबाट सुरक्षित हुने सामग्रीको आवश्यकता छ,”– अध्यक्ष पाइजाले भने  । 

अधिकांश ठाउँमा ढुंगाको सिँढी चिनेर पदमार्ग बनाइएको छ । पाँच वर्षको अवधिमा भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्ग निर्माण गरिएको छ । रुइसेदेखि दहबुकीसम्मको पदमार्गलाई अझै स्तरोन्नति गर्नुपर्ने अवस्था छ भने दहबुकीदेखि कालीबराह खोलासम्म सिँढी चिनेर पदमार्ग बनाइएको छ । 

कुइनेमंगले र चिमखोलातर्फको भूभागमा पर्ने धौलागिरि हिमालको आधार शिविरमा पुग्नको लागि अब झण्डै तीन किलोमिटर पदमार्ग निर्माण गर्नुपर्ने छ । त्यसमा झण्डै ५० मिटर जति भूभाग कडा चट्टानको भिरलाई काटेर बनाउनुपर्ने पाइजा बताउँछन् । कालीबराहको दोभानबाट कालीबराहताल हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरटोबाटोलाई स्तरोन्नति गर्नुपर्ने छ । 

पदमार्ग निर्माण योजना अगाडि बढे पनि नक्सांकन र थप पर्यटन पूर्वाधार निर्माण नहुँदा पदमार्ग सञ्चालनमा ढिलाइ भएको धौलागिरि आइसफल पदमार्ग निर्माण तथा व्यवस्थापन समितिका सल्लाहकार देवेन्द्र केसीले बताए  । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम अन्तिम चरणमा पुगेकाले नक्सांकन गरी सूचनामूलक संकेतबोर्ड राख्ने र खानेपानी, भ्यु टावर, लजलगायतका पूर्वाधार निर्माणतर्फ ध्यान दिनुपर्ने सल्लाहकार केसीले बताए  ।

 
 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू