Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

फलेवास नगरपालिकाद्वारा सडक आसपास संरचना निर्माणमा रोक

दीर्घकालीनरुपमा सडक साँघुरो नहोस् भनेर अहिले नै मापदण्ड तोकेर सोहीअनुसार संरचना बनाउन अनुमति दिन लागेको भनाइ

आईतवार, ९ पौष २०७४, सगरमाथा पोष्ट

फलेवास पर्वत, ९ पुस ।

पर्वतको फलेवास नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सडकको मापदण्ड तयार गर्ने भएको छ । नगरपालिकाले व्यवस्थित नगर बनाउने अभियानअनुरुप दुई हप्ताभित्र मापदण्ड तयार गर्न लागेको हो । सडक मापदण्ड तयार नभएसम्म संरचना निर्माण कार्यसमेत रोक लगाइएको छ । 

फलेवास नगरोन्मुख क्षेत्र भएकाले नयाँ बस्ती विकास गर्न पनि सडकको मापदण्ड तोक्न लागिएको कार्यकारी अधिकृत मोतीराम सापकोटाले जानकारी दिए । नगरपालिकाले हरेक सडक कम्तीमा दुई वटा सवारी साधन सहजरुपमा आवतजावत गर्न सक्ने गरी मापदण्ड तोकिने उल्लेख गर्दै उनले दीर्घकालीनरुपमा सडक साँघुरो नहोस् भनेर अहिले नै मापदण्ड तोकेर सोहीअनुसार संरचना बनाउन अनुमति दिन लागेका हौँ भने । 

नगरपालिकाले पुसको तेस्रो हप्तासम्म मापदण्ड तयार गरिसक्ने लक्ष्य लिएको नगरप्रमुख पदमपाणि शर्माले बताए । मापदण्ड तयार गर्न नगरपालिकाको प्राविधिक शाखाका इन्जिनियर र ओभरसियर खटिएका छन् । ५० वर्षपछिको फलेवासको आवश्यकतालाई हेरेर नगरभित्रका सडकको मापदण्ड तोकिने प्रमुख शर्माले बताए । “अहिले थोरै मापदण्ड राख्दा भोलि समस्या नहोस् भनेर नयाँ बन्ने शहर भएकाले सोहीअनुसारको मापदण्ड तयार हुन्छ”, उनले भने, “अहिले कसैलाई मर्का परे पनि समृद्ध फलेवास नगर बनाउने अभियानलाई यसले सहयोग पुर्‍याउँछ ।” 

फलेवास नगरपालिकाभित्र अहिलेसम्म झण्डै ३०० किमी कच्ची सडक बनिसकेको छ । कालीगण्डकी लोकमार्गमा पर्ने मुडिकुवादेखि पाङ्राङसम्मको सडक राष्ट्रिय राजमार्गको मापदण्डअनुसार राखिने भएको छ भने जैमिनुघाटदेखि खानीगाउँ, थापाठाना हुँदै कार्कीनेटा जोडिने सडकको मापदण्ड पनि राष्ट्रिय राजमार्गको मापदण्डअनुसार नै तयार गर्ने योजना नगरपालिकाको छ । यसबाहेक सडक विभागले तोकेको मापदण्डका आधारमा भित्री र अन्य सडकको पनि मापदण्ड तयार हुने भएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू