Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अस्पतालमा सङ्क्रमितको चाप घट्दै हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

पुस ११ देखि सौराहामा १४ औं हात्ती महोत्सव शुरु हुँदै

महोत्सवमा हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टीङ प्रतियोगिता, हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता आदि आयोजना गरिने

आईतवार, ९ पौष २०७४, सगरमाथा पोष्ट

चितवन, ९ पुस ।

आगामी पुस ११ गते देखि १५ गते सम्म सौराहामा १४ औं हात्ति महोत्सव हुने भएको छ ।समाज, संरक्षण र समृद्धि’भन्ने नाराका साथ हुने हात्ति महोत्सवले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित र वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

यस महोत्सवमा हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टीङ प्रतियोगिता, हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीको छावाहरुको फुटवल प्रतियोगिता, हात्ती श्रृगार प्रतियोगिता महोत्सवको आर्कषण रहेका छन् ।कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम समेत राखिएको छ ।

महोत्सव अन्तर्गत हात्ती बनभोज कार्यक्रमसँगै , हात्ती फाष्टवाक प्रतियोगितामा २० वटा हात्ती, छावाहरुको फुटवल प्रतियोगितामा १० वटा समुह, हात्ती श्रृगार प्रतियोगितामा ५ हात्ती, हात्ती पोलो प्रतियोगितामा ८ वटा समुह, हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटा हात्ती र हात्ती वाथिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए ।सो महोत्सवमा प्राथमिक उपचारको लागि हात्तीका विशेषज्ञ समेत परिचालन गरिने आयोजकले जनाएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू