Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह

बलिउड अभिनेता शाहिद कपूर र निर्देशक इम्तियाज अली एक दशकपछि सँगै काम गर्दै

शाहिदलाई लिएर अली प्रेम कहानीमा आधारित फिल्म बनाउदै, अभिनेत्रीको भने खोजी हुँदै

शुक्रबार, ७ पौष २०७४, सगरमाथा पोष्ट

एजेन्सी, पुस ७ । 
बलिउडका चर्चित अभिनेता शाहिद कपूर र निर्देशक इम्तियाज अली फेरि सँगै काम गर्ने भएका छन् । शाहिदले भनेका छन, ‘हामी दुईजना छिट्टै काम गर्दैछौँ र म इम्तियाज जस्तो प्रतिभाशाली निर्देशकसँग फेरि पनि सँगै काम गर्ने मौका पाएकोमा निकै उत्साहित छु ।’ 
 
अभिनेता कपूर र अलीले पहिलो पटक सँगै काम गरेको फिल्म ‘जब वी मेट’ प्रदर्शन भएको १० वर्ष पूरा भइसकेको छ । फिल्म ‘जब वी मेट’ सन् २००७ मा सुपरहिट फिल्म भएको थियो ।  

जुन फिल्ममा शाहिद कपूर र करिना कपूरको जोडीलाई दर्शकले निकै नै प्रशंसा गरेका  थिए । ‘जब  वी मेट’ फिल्म गर्दा इम्तियाज र शाहिद दुवै जना करियरको सुरुवाती चरणमा थिए । 

फिल्मले सफलता हात पारे सँगै उनीहरुको फिल्मी करियर पनि राम्रो रह्यो । इम्तियाज अलीले ‘जब वी मेट’ पछाडि लभ आजकल, रक स्टार, तमासा, जब ह्यारी मेट सेजल जस्ता सफल फिल्म बनाएर स्थापित निर्देशकका रुपमा परिचित भइसकेका छन् । 

त्यस्तै साहिद कपूरले विवाह, हैदर, उड्ता पंजाव जस्ता सफल फिल्ममा अभिनय गरेर बलिउड फिल्ममा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । पछिल्लो समय इम्तियाजले फेरि पनि शाहिदसँग प्रेम कहानीमा आधारित फिल्म बनाउन लागेका हुन् । 

जुन फिल्मको सुटिङ २०१८ मा भारतमा सुरु गरिनेछ भने त्यस पछाडि विदेशका विभिन्न स्थानमा सुटिङ गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

फिल्ममा शाहिदसँग कुन अभिनेत्रीले काम गर्नेछिन् भन्ने बारेमा भने खुलाइएको छैन । अभिनेत्रीको खोजी भइरहेको बताइएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू