Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय ४१ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता

नेप्से दोहोरो अंकले ओरालो, राजनीतिक विषयको कारण प्रभावित

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार १४.४९ बिन्दुले ओरालो लागेर एक हजार ४९३ अंकमा

मंगलवार, ४ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, ४ पुस ।

धितोपत्र बजारमा नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार १४.४९ बिन्दुले ओरालो लागेर एक हजार ४९३ अंकमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ३.०५ बिन्दुले ओरालो लागेको छ । आज कूल १६६ कम्पनीको १४ लाख पाँच हजार ९७१ कित्ता शेयर रु ५९ करोड ९३ लाख ७६ हजार ३२२ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । 

आज बैंकिङ ७.३६, व्यापार ०.९३, होटल ३२.९, विकास बैंक ७.२७, जलविद्युत् १४.४६, फाइनान्स ४.०७, बीमा ५९.६७, उत्पादन १७.१९, अन्य समूह ३६.४४ र माइक्रोफाइनान्स समूह २०.२३ बिन्दुले आरोलो लागेको छ । 

विस्तारै सङ्लिन्छ बजार :

शेयर बजारका विश्लेषक निरव पुडासैनीले राजनीतिक अन्योलता कायम रहेका कारण बजार प्रभावित भएको जानकारी दिए । वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि बजारमा अनावश्यक हल्ला चलाइएको र उक्त हल्लाको सम्बोधन गर्ने प्रयास नभएका कारण पनि बजार प्रभावित भएको उनको भनाइ छ । 

सामान्य अवस्थामा पुसदेखि चैतसम्म बजार घट्ने नै भए पनि यसपटक राजनीतिक विषयकै कारण बढी प्रभावित भएको उनले टिप्पणी गरे । नयाँ सरकार गठनलगत्तै बजार सङ्लिएर सहज अवस्थामा पुग्ने तथा अनेकन हल्ला र आशंकाको समेत समाधान हुने पुडासैनीले विश्वास व्यक्त गरे । 

शेयर दलालले भने नेपाल धितोपत्र बोर्डले बजारको उतारचढावका बारेमा नबोल्न कडा निर्देशन जारी गरेका कारण प्रतिक्रिया दिन चाहेनन् । ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाले रु आठ अर्ब रकम पुर्‍याइसकेको, बजारमा शेयरको फ्लो बढे पनि कारोबारमा भने कटौती भएको दलालहरुको टिप्पणी छ । रासस 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू