Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

उपत्यकाका अधिकांश ड्राइभिङ सेन्टरहरू अवैधानिक

बिना दर्ता र सञ्चालन अनुमति बिना नै कारोबार गरिरहेका पाँच सेन्टरमा सिल

सोमबार, ३ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं, ३ पुस । 
ड्राईभिङ सिप सिकाउने उद्देश्यले खोलिएका उपत्यकाका अधिकांश ड्राइभिङ सेन्टरहरू अवैधानिक पाइएको छ । ड्राइभिङ सेन्टरहरूले बिना दर्ता र सञ्चालन अनुमति नै कारोबार गरिरहेको भेटिएको हो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतवार एकैदिन पाँच वटा यस्ता ड्राइभिङ सेन्टर बन्द गरेको छ । विभागले आठ वटा ड्राइभिङ सेन्टर अनुगमन गरी पाँच वटामा सिल गरेको हो ।
सम्बन्धित निकायमा दर्ता नगरिएको, सञ्चालन अनुमति नलिएको लगायत भेटिएपछि विभागले त्यस्ता ड्राइभिङ सेन्टरमा सिल गरेको हो ।

बिना अनुमति सञ्चालन गरेको पाइएपछि विभागले आइतवार काठमाडौंको सानेपामा सञ्चालित युटर्न ड्राइभिङ इन्सटिच्यूट, धोबीघाटको महालक्ष्मी ड्राइभिङग इन्स्िटच्युट र मेगा ड्राइभिङग इन्स्िटच्युट सिल गरेको छ । त्यस्तै, विभागले राधेराधे भक्तपुरको पर्फेक्ट भेहिकल्स स्कुल एण्ड ईईन्टरप्राईजेज र काठमाडौं तीनकुनेको एन्जल मोटर ड्राइभिङग ट्रेनिङग सेन्टरमा पनि सिलबन्दी गरेको छ ।

युटर्न ड्राइभिङ इन्स्िटच्यूट विगत डेढ वर्षदेखि नवीकरण नभएको, आवश्यक पूर्वाधारको व्यवस्थापन नगरिएको लगायत कैफियत देखिएपनि सिल गरिएको थियो । त्यस्तै, पर्फेक्ट भेहिकल्स स्कुल एण्ड इन्टरप्राईजेजले भने व्यवसाय दर्ता, प्यान दर्ता, यातायात व्यवस्था विभागबाट सञ्चालनको अनुमति नै नलिइएको भेटिएको थियो । एन्जल मोटर ड्राइभिङग ट्रेनिङग सेन्टर पनि अनुमति बिना नै सञ्चालनमा रहेको पाइएपछि सिल गरिएको विभागले जनाएको छ ।

स्मार्ट भेहिकल प्रिटष्ट सेन्टर प्रालि, इजी ट्रायल सेन्टर प्रालि र ब्लूमुन मोटर ड्राइभिङ सेन्टर प्रालिमा पनि आवश्यक पूर्वाधारको पर्याप्तता नदेखिएपछि विभागले आवश्यक सुधारका लागि निर्देशन दिएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू