Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

'नेपाल कला परिषद्'मा श्यामकृष्ण श्रेष्ठका मूर्तिकला प्रदर्शनीमा

चार वर्षकाबीचमा सिर्जना गरेका आश्चर्य लाग्दा २२ मूर्ति प्रदर्शनी कक्षमा, रु २० हजारदेखि रु तीन लाखसम्म मूल्य

सोमबार, ३ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, ३ पुस । 

'नेपाल कला परिषद्'मा  अहिले मूर्तिकला प्रदर्शनी चलिरहेको छ । त्यहाँ मूल ढोकाबाट एउटा भर्‍याङ चढेपछि प्रदर्शनी कक्षको प्रवेश गर्नासाथ एउटा अजंगको मूर्ति देखिन्छ । 

झ्वाट्ट हेर्दा सडकमा देखिने साँच्चिकै अजंगको साँढेजस्तो लाग्छ । त्यसमाथि विराजमान छन् भगवान् महादेव । युवा मूर्तिकार श्यामकृष्ण श्रेष्ठले तयार परेको उक्त मूर्तिको उचाइ नौ फिटको छ । फाइबर ग्लास (एक प्रकारको झोल पदार्थ) बाट १० महिना लगाएर हातैले श्रेष्ठले तयार पारेको उक्त मूर्तिको तौल ३०० केजी रहेको तथा १०० वर्षको ग्यारेन्टी दिन सकिने  मूर्तिकार श्रेष्ठले बताए । 

उक्त मूर्तिको आशयका बारे श्रेष्ठले भने, “मैले बादलमाथि साँढे चढेको महादेवको सिर्जना गरेको छु । यसको अर्थ देवताबीचको युद्धका लागि जाँदै गरेको महादेवको कल्पना गरी यो मूर्ति तयार पारेको हुँ । मूर्तिको मूल्य रु ९० लाख अपेक्षा गरेको छु ।” 

विभत्स परिणाम, प्रसव, विवशताका धुनहरु, अस्तित्व, संघर्षको शुरुबाट, दिनरात, अनुनय, बुद्ध, उत्सुकताको पर्खाइ, प्रेमजस्ता शीर्षकका मूर्ति काठ, मार्बल, टेराकोटा, मिक्स मिडियम आदिबाट मूर्ति बनाइएको छ ।

नेपाल ललितकला क्याम्पसबाट फाइन आर्ट विषयमा स्नातकोत्तर गरेका श्रेष्ठको यो पहिलो एक मूर्तिकला प्रदर्शनी हो । परम्परागत, धार्मिक तथा काठमाडौँको नेवार संस्कृतिको पहिचानलाई केन्द्रित गरी यहाँ मूर्ति तयार पारिएको छ । यी चार वर्षकाबीचमा सिर्जना गरेका आश्चर्य लाग्दा २२ मूर्ति प्रदर्शनी कक्षमा राखिएको छ । 

विभत्स परिणाम, प्रसव, विवशताका धुनहरु, अस्तित्व, संघर्षको शुरुबाट, दिनरात, अनुनय, बुद्ध, उत्सुकताको पर्खाइ, प्रेमजस्ता शीर्षकका मूर्ति काठ, मार्बल, टेराकोटा, मिक्स मिडियम आदिबाट मूर्ति बनाइएको छ । उक्त मूर्ति रु २० हजारदेखि रु तीन लाखसम्म मूल्यका छन् । 
कुराकानीकै क्रममा उनले थपे, पैसा कमाउनेभन्दा पनि यो सिर्जनाले आफूलाई गौरव बनाएको छ । आफूले सोचेको वा कल्पना गरेको विषय मूर्तिमार्फत देखाउन सफल भएको छु । 

पुस १ देखि शुरु भएको उक्त मूर्ति प्रदर्शनी पुस ८ गतेसम्म चल्ने कार्यक्रम छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू