Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

जाजरकोटमा आठ वर्षसम्म मार्ग खोल्ने कार्यसमेत पूरा हुन सकेन

निर्माणको जिम्मा लिएका कतिपय व्यवसायीले कार्य पूरा नगर्दै भुक्तानी लिँदा सडक निर्माण अलपत्र

आईतवार, २ पौष २०७४, सगरमाथा पोष्ट

जाजरकोट, २ पुस ।

मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटखण्डको निर्माण शुरु भएकोे आठ वर्ष बिते पनि अझैसम्म काम पूरा हुन सकेको छैन । लोकमार्गको जाजरकोटखण्डको ८२ किमीमध्ये पाँच किमी सडक मार्ग खोल्न अझै बाँकी छ । थलहबजारस्थित छेडागार खोलामा पुल निर्माण नहुँदा लोकमार्ग अधुरो बनेको हो । 

रुकुमको चौरजहारी, दैलेखको सुयाँडासम्मको जाजरकोट खण्डमा छेडागारलगायत खोला तथा खोल्सामा पुल निर्माण नगरिएको स्थानीयवासीको गुनासो छ । थलबजारमा पुल निर्माण र मन्ताभिर, कालढुंगा, चुवादेउली भिर, भुसखोलालगायतका स्थानमा बाटो खुला नहुँदा सडक निर्माण कार्य अलपत्र परेको छ । 

त्यस्तै चौरजहारी र कुदुबीचमा पर्ने भेरी पुल र झुप्राखोला पुल निर्माणमा भएको ढिलाइले पनि लोकमार्ग निर्माणलाई थप अधुुरो बनाएको हो । मध्यपहाडी लोकमार्ग पश्चिमखण्ड आयोजना दाङ शाखाले भने अधुरो सडकखण्डको मार्ग खोल्ने कार्य पूरा भएको प्रतिवेदन दुई वर्षअघि नै सडक विभागमा बुझाएको थियो । जाजरकोटका बासिन्दाले लोकमार्गको यस खण्डको छिटोभन्दा छिटो बाटो निर्माण गरेर यातायात सञ्चालन गर्न माग गरेका छन् । एकैसाथ शुरु भएको लोकमार्गको दैलेख र रुकुमखण्डमा दुई वर्षअघि नै यातायात सञ्चालन भएको दशेराका रामबहादुर थापाले बताए । जाजरकोट खण्ड निर्माणको जिम्मा लिएका कतिपय व्यवसायीले कार्य पूरा नगर्दै भुक्तानी लिँदा सडक निर्माण अलपत्र परेको स्थानीयवासीको गुनासो छ । 

मन्ताभिर खण्डको निर्माण जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भन्दै निर्माण पूरा गर्न नसकेको डिभिजन इन्जिनियर शुभराज न्यौपानेले बताए । त्यस्तै धनञ्जय र सिद्धार्थ जेभीले पनि काँडा झाप्राखण्डको कालढुंगा भिर निर्माण भएको छैन “यस मार्गको मन्ताभिर र काँडा झाप्राखण्ड निर्माणको जिम्मा लिएका व्यवसायीले कार्य पूरा नगरेरै भुक्तानी लिएको देखियो”, उनले भने, “कालढुंगा र मन्ताभिरको ५०० मिटर कडा चट्टान नखोलेरै ठेक्का रकम भुक्तानी भएछ ।” 

पछिल्लो समय मन्ताभिर खोल्न तयार नभएका व्यवसायीेले विगतमा कामै नगरी ठेक्का होल्ड गरी बसेकाले जाजरकोटखण्ड निर्माणमा ढिलाइ भएको इन्जिनियर न्यौपानेले बताए । रासस  


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू