Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

जेनिशाको जोड !

बलिउडमा जम्ने दाउमा नायिका जेनिशा, सलमान खानसँग काम गर्दै

मंगलबार बलिउड सुपस्टार सलमान खानसँग भेट, चाँडै नै बलिउड अभिनेत्री प्रियंकाको भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा देखिदै

बुद्धबार, २७ मंसिर २०७४, सगरमाथा पोष्ट

काठमाडौं मंसिर २७ । 
नेपाली फिल्मबाट खासै ठूलो सफलताको हात पार्न नसकेकी नायिका हुन् जेनिशा केसी । उनी अहिले बलिउडमा जम्ने प्रयास गर्दै छिन् । 

चाँडै उनी बलिउड अभिनेत्री प्रियंका चोपडा निर्मित भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा देखिँदैछिन् । उनले मंगलबार साँझ मात्र बलिउड सुपस्टार सलमान खानसँग भेट गरेकी छिन् । पछिल्लो समय उनले बलिउडका कलाकारहरुसँग सम्बन्ध बढाउदै लगेकी छिन् । उनले सलमानसँग भेट गरेको केहि तस्विर आफ्नो फेसबुकमा अपलोड गरेकी थिइन् । 

तस्विरसँगै उनले क्याप्सनमा सलमानसँग भेट गर्नुको खास कारण चाँडै जानकारी दिने बताएकी छिन् । जेनिशा र सलमानको भेट मुम्बईको एक स्टूडियोमा भएको हो । 

उनी झन्डै २ वर्षदेखि भारतमा बसेर बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेकी छिन् । नायक विराज भट्टको जोडी बनेर आउँदा एक समय नेपाली फिल्ममा जेनिशालाई सफल नायिका रुपमा हेरिएको थियो । पछिल्लो समय उनी नेपाली  सिने जगतमा गुमनाम  जस्तै बनेकी छिन् । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू