Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अस्पतालमा सङ्क्रमितको चाप घट्दै हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

पर्यटक लोभ्याउने नेपाली काईदा : “वान्स ईज नट इनफ”

नेपालीपन नै नेपाली पर्यटनको पहिलो आर्कषण, दोहोर्‍याएर नेपाल आउने पर्यटकबाट पर्यटन प्रर्वद्धनमा ठूलो योगदान

सोमबार, २५ मंसिर २०७४, सागर चन्द । .

मंसिर २५, काठमाडौ ।

नेपाल घुम्न आउने पर्यटकहरुको पहिलो आर्कषण हो ठमेल । ठमेल मण्डला स्ट्रिटको क्याफेमा बर्गर र कफी खाँदै गर्दा भेटिएकी मरिया क्रेस तेस्रो पटक नेपाल आएकी हुन् । नेपालका पहाडहरुले मोहनी लगाएको बताउने उनी यो पटकको  भ्रमणमा पूर्वि नेपाल घुम्ने योजनामा छिन् । न्युजिलाण्डकी मरियाले यस अघिका भ्रमणमा पोखरा आसपासका सबै क्षेत्रको भ्रमण गरिसकेकी छिन् । पहिलोपटक नेपाल आउँदा अन्नपूर्ण बेस क्याम्पको पद यात्रामा गएकी उनी नेपालको शान्त र प्राकृतिक वातावरणले आफुलाई सधै नेपाल ल्याईरहने पहिलो कारण ठान्छिन् । अझै १५ दिनजति नेपालमै रहने उनि अर्को बर्षको बिदा पनि नेपालमै मनाउने योजना बुन्दै छिन् ।“अर्को बर्ष त म मेरो पुरै परिवार सहित नेपाल आउने छु ।”उनले आफ्नो योजना सुनाईन् ।

झण्डै ५ दशक अगाडी नेपालमा व्यवसायीक रुपमा पर्यटन व्यवसाय सुरु भएको मानिन्छ । त्यस यताका बर्षहरुमा बर्षेनि नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढिरहेको छ । सरकारले पर्यटन उद्योगबाटै मनग्य राजस्व पनि आम्दानी गरिरहेको छ । पर्यटकक आवागमन बढिरहँदा दोहोर्‍याएर नेपाल भ्रमणमा आउने पर्यटकको संख्या पनि उल्लेख्य छ ।

ठमेलको होटल नेपालयमा भेटिएका भारतका निरज मिश्रा दोस्रो पटक नेपाल आएका हुन् । पहिलोपटक साथिहरुसंग नेपाल आएका उनि यसपाली भने परिवार सहित नेपाल आएका हुन् । पशुपतिनाथ लगायतका मन्दिरको दर्शन गर्न आएका उनी मुक्तिनाथ सम्म पुग्ने योजनामा छन् ।

एक पटक नेपाल आईसकेका धेरै पर्यटक दोहोर्‍याएर नेपाल आउने गरेको पर्यटन व्यवसायी पनि बताउँछन् । १७ वर्ष देखि पथप्रर्दशकको काम गरिरहेका चन्द्र खाँडका अनुसार करिब ६० प्रतिशत पर्यटक दोहोर्‍याएर नेपाल आउँछन् । समग्र पर्यटन उद्योगको प्रतिनिधित्व गर्ने निकाय पर्यटन बोर्डको नारा पनि “नेचुरल्लि नेपाल, वान्स इज नट इनफ” नै रहेको छ । एक पटक नेपाल भ्रमण गरिसकेका पर्यटकलाई फेरी पनि नेपाल भ्रमण गराउने उदेश्य सहित पर्यटन बोर्डले यो नारा सन् २००६मा सार्वजनिक गरेको हो ।

आठ हजार मिठर भन्दा अग्ला आठ हिमाल नेपालमै हुनु, प्राकृतिक सुन्दरता, पदयात्रा र निकै कम दुरिमा रहेका विश्व सम्पदा क्षेत्रहरुले पर्यटकलाई नेपालप्रति आर्कषित गर्ने व्यवसायीको अनुभव रहेको छ । नेपाल ड्रिम ट्राभल सर्भिसकी निर्देशक शितल शर्माका अनुसार एसियालीभन्दा पश्चिमा मुलका पर्यटकहरु दोहोर्‍याएर नेपाल आउने गर्छन् ।“अन्य देशको तुलनामा नेपाल सस्तो छ, त्यसमाथि साहसिक पर्यटनका धेरै विकल्प भएकाले पनि पर्यटकहरु दोहोर्‍याएर नेपाल आउँछन् ।” उनी भन्छिन् ।
सन् २०१६मा २०१५को तुलनामा पर्यटक आवागमनमा ४० प्रतिशतले बृद्धि भएको तथ्याकंले देखाएको छ 

सन् २०१६मा ७लाख ५३ हजार दुई पर्यटक नेपाल आयको तथ्याक छ । नेपाली पर्यटनको अन्तर्राष्ट्रिय बजारमा अझै पनि प्रचार प्रसार गर्न नसकिएको बताउँदै ट्रेकिगं एजेन्सिज एशोसिएशन अफ नेपाल(टान)का अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी नवराज दाहाल दोहोर्‍याएर नेपाल आउने पर्यटकले नै नेपाली पर्यटन प्रर्वद्धनमा ठूलो योगदान दिएको ठान्छन् ।

नेपालीहरुको मित्रवत व्यवहार र सांस्कृतिक विभिदताले पनि पर्यटकलाई नेपाल दोहोर्‍याएर आउन आर्कषित गरेको ठान्छन् पथपर्दशक चन्द्र खाँड । तर सेवा सुविधाको अभावमा अझै पनि उच्च स्तरीय पर्यटक(लक्जरीयस) भित्र्याउन नसकेको गुनासो छ पर्यटन व्यवसायी शितल शर्माको ।

सन् २०१६मा मात्रै पर्यटन उद्योगबाट ५१ करोड ८४ लाख ५८ हजार अमरिकी डलर आम्दानी भएको पर्यटन मन्त्रालयको तथ्यांकले देखाएको छ । यो रकम सन् २०१५को तुलनामा ११ प्रतिशतले धेरै हो । सिधा हवाई सम्पर्क धेरै देश संग बृद्धि गर्ने र सडक पहुँचलाई विस्तार गर्ने हो भने लक्जरीयस पर्यटक पनि धेरै भित्र्याउन सकिने शर्माको धारणा छ । शर्माका अनुसार दोहोर्‍याएर आउने र धेरै खर्च गर्नेमा लक्जरियस पर्यटक पहिलो स्थनामा पर्छन् । 

पर्यटन बोर्डका मार्केटिगं तथा पब्लिक रिलेसन अफिसर शुनिल शर्माका अनुसार एडभेन्चरमा रुचि राख्ने पर्यटकहरु नेपाल दोहोर्‍याएर आउने गर्छन् ।“पदयात्रा, र्‍याफिट्गं, बञ्जिजम्प, पर्वतारोहण, जंगल सफारी जस्ता धेरै विकल्प भएकाले पर्यटकले एकै पटकमा यी सबै कार्य गर्न नभ्याउने भएकाले दोहोर्‍याएर आउने गर्छन् ।”

नेपालए शोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा)का अनुसार धेरैजसो ट्राभल एजेन्सिले एक पटक आईसकेका पर्यटकका माध्यमबाटै पनि व्यवसाय गरिरहेका हुन्छन् । त्यसकारण पनि दोहोर्‍याएर आउने पर्यटकको संख्या धेरै नै हुने गरेको छ । पर्यटन विभागको तथ्याकं अनुसार आर्थिक बर्ष २०७३-७४ सम्म ३ हजार ४ सय ४४ ट्राभल एजेन्सि छन् ।

सन् २०१७को अक्टोबर अन्तिम सम्म ७ लाख ५७ हजार ४ सय ४८ पर्यटक नेपालआएको तथ्यांक छ । पर्यटक दोहोर्‍यार आउनु नै पर्यटन उद्योगको सफलता ठान्छन् टानका अध्यक्ष दाहाल । “पर्यटक दोहोर्‍यार नेपाल आउन खोज्नु नै हाम्रो पर्यटन उद्योगको सफलता हो ।” तर यत्तिमै सन्तुष्ट भई हाल्नुपर्ने स्थिती भने छैन् । दाहाल थप्छन् “अहिले हामी हामीसंग भएको कुरा मात्र पर्यटकलाई दिईरहेका छौ, यदि उनिहरुले खोजे जस्तै सेवा र सुविधा दिन सक्ने हो भने दोहोर्‍यार भ्रमण गर्ने पर्यटकको संख्या अझै बढाउन सकिन्छ ।”

पश्चिमा पर्यटक मात्रै नभई एसियाली पर्यटकलाई पनि दोहोर्‍याएर आउन सक्ने बनाउनुपर्ने शितल शर्माको धारणा रहेको छ । त्यसो सन् २०१६को तथ्याकं हेर्ने हो नेपाल धेरै आउने पर्यटकमा भारत र श्रीलंका अग्रस्थानमा छन् ।

नेपाल अन्य मुलुक भन्दा कम खर्चिलो र पर्याप्त प्राकृतिक विभिधता भएकाले पनि पर्यटक फर्किएर नेपाल आउन रुचाउने गरेको ठम्याई छ, चन्द्र खाँडको । तर यति हुँदाहुँदै पनि पर्यटकलाई दिनुपर्ने स्तरिय सेवा सुविधा भने दिन नसिकिएको उनी स्विकार्छन् । “अझै पनि हामीले पर्यटकले खोजेजस्तो सेवा र सुविधा प्रदान गर्न सकिरहेका छैनौ ।” उनी थप्छन् । “पदमार्गहरुमा शौचालय छैनन्, होटलहरु स्तरिय छैनन्, अझ कतिपय स्थानमा त पानीको पनि अभाव छ ।” संस्कृति, पर्यटन तथानागरिक उड्यन मन्त्रालयको तथ्यांक अनुसार २०७३ सम्म १ हजार १ सय ५ पर्यटकीय स्तरका होटल रहेका छन् । ति होटलहरुम ३८ हजार २ सय ४२ बेड रहेका छन् ।

पर्यटकहरु दोहोर्‍याएर आउनुमा नेपालको मौलिकताको पहिलो योगदान रहेको ठान्छन् शुनिल शर्मा ।“हाम्रो मौलिकता नेपालीपनका कारण नै पर्यटकहरु दोहोर्‍याएर नेपाल आउन चाहान्छन् त्यसकारण पनि हामीले हाम्रो मौलिकता जोगाईराख्नु पर्छ ।”

तर अर्कोतर्फ पर्यटन व्यवसायी भने टुर र ट्राभल गरि दुई थरि पर्यटक आउने बताउँछन् । व्यवसायी शितल शर्माका अनुसार टुरको लागि आउने पर्यटक भन्दा ट्राभलको लागि आउने पर्यटक दोहोर्‍याएर नेपाल आउने गर्छन् । “टुरको लागि आउने पर्यटकहरु धेरै खर्च गर्ने प्रवृतिका हुन्छन् यस्ता पर्यटकलाई पनि दोहोर्‍याएर आउने वातावरण सिर्जना गरिनुपर्छ ।” टुरको लागि आउने पर्यटकहरु विलासी पर्यटकको सूचिमा पर्छन् । सन् २०१६को तथ्याकं अनुसार नेपालमा पर्यटकको औसत बसाई १३.४ दिन रहेको छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू