Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

२७ औं स्मृति दिवस !

आज स्वर सम्राट नारायणगोपालको स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईंदै

स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कारबाट वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई सम्मान गरिँदै

मंगलवार, १९ मंसिर २०७४, सगरमाथा पोष्ट

काठमाडौं, मंसिर १९ । 
आज स्वर सम्राट स्वर्गीय नारायणगोपालको २७ औं स्मृति दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईंदै छ । 
विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाउनु भएको छ ।

वि स १९९६ मा काठमाडौंको किलागलमा जन्मनु भएका नारायण गोपालले ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत गाउँनु भएको छ । 

उहाँका कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिनु भएको छ । 

स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोतकृष्ट गायक, २०३९ मा रत्न रेकर्ड पुरस्कार, २०३३ मा गोरखा दक्षिण बाहु चौथो, २०४० मा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार, २०४४मा छिन्नलता पुरस्कार, २०४५ मा जगदम्बा श्री, २०४७ मा उर्वशी रङ, २०४८ मा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौ पुरस्कार प्राप्त गर्नु भएको थियो । 

यसैबिच नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कारबाट यस वर्ष वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई सम्मान गरिँदैछ । 

नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा प्रदान गरिने यो सम्मानको राशी ५० हजार र सम्मानपत्र रहेको छ । विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्र्धव सम्मानित हुनुभएको थियो । उहाँको निधन २०४७ साल मंसिर १९ गतेका दिन भएको थियो । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू