आज मिति २०७६ फागुन १२ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत  |  प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  |  महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ  |  आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण  |  एमसीसी फिर्ता नलगे सडकमा आउने चेतावनी : सीपी गजुरेल  |  “टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”  |  महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ  |  बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो : महत  |  तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
राजनीति
Dec 09, 2019
उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ : नेता अधिकारी
पोखरा, मङ्सिर २ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले उपनिर्वाचनमार्फत जनताले तीनै तहका सरकारको कामलाई जनताले अनुमोदन गरेको बताउनुभएको छ । नेकपा कास्की निर्वाचन क्षेत्र नं २ उपनिर्वाचन परिचालन कमिटीद्वारा हिजो  यहाँ आयोजित धन्यवाद ज्ञापन तथा चियापान कार्यक्रममा उहाँले पार्टीको एकताबद्ध प्रयासबाट विजय हासिल गर्न सफल भएको बताउनुभयो । निर्वाचनमा विकास प्रेमी नेता स्व रवीन्द्र अधिकारीको सम्मान र पार्टी उम्मेदवार विद्या भट्टराई अधिकारीप्रतिको भरोसाका कारण विजयी हासिल भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रको विकास निर्माणमा थप जिम्मेवारी थपिएको धारणा राख्नुभयो । नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले उपयुक्त उम्मेदवार मौलिकता तथा नीतिका आधारमा मतदाता र पार्टी कार्यकर्ता परिचालन भएका कारण निर्वाचनमा सानदार विजय भएको बताउनुभयो । नवनिर्वाचित सांसद भट्टराईले निर्वाचनमा विपक्षले लगाएको आरोपको जवाफ मतदाताले दिएको स्मरण गर्दै स्व अधिकारीका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा कास्कीका अध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कास्की इन्जार्च राजकाजी गुरुङ, केन्द्रीय सदस्य तथा पोखरा महानगर प्रमुख मानबहादुर जिसी, केन्द्रीय सदस्य तुलबहादुर गुरुङ लगायतले पार्टी र सरकारबीच समन्वय आवश्यक रहेकामा जोड दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video