राजनीति
Dec 05, 2019
विधिको शासनको पक्षमा जनता : नेता महत
चितवन, मङ्सिर  १९ ।  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले जनता विधिको शासनको पक्षमा रहेको बताउनुभएको छ । नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको उपनिर्वाचनमा विजयी वडा अध्यक्षहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले जसले विधि मान्यो त्यसैलाई जनताले छानेको बताउनुभयो । उपनिर्वाचनमा काँग्रेसलाई ठाउँठाउँमा निर्वाचित गराएर जनताले यसअघि गरेका गल्ती सच्याएको भन्दै उहाँले सरकारप्रति जनताको वितृष्णा जागेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले अबको शक्तिका रुपमा काँग्रेसलाई लिएका छन् ।” सोही अवसरमा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाली जनताले उपनिर्वाचनमार्फत काँग्रेसलाई प्रष्फुटित गराएको बताउनुभयो । कम्युनिष्टको दुई तिहाइको सरकार भएको बेलामा नेपाली जनताले लोकतन्त्रको रक्षाका खातिर काँग्रेसलाई सबल र सुदृढ गराउने चाहना देखाएको उहाँको भनाइ थियो । वर्तमान सरकारले प्रजातान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “सरकारले हरेक पक्षमा मानव अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य पद्धतिलाई कमजोर बनाउने काम गरिरहेको छ, हामी सचेत हुनुपर्छ ।” यही मङ्सिर १४ गते भएको उपनिर्वाचनमा विजयी हुनुभएका भरतपुर महानगरपालिका–१६ का अमृतराज हमाल, खैरहनी नगरपालिका–४ का देवबहादुर बस्नेत र ५ का प्रतिमा कार्की बस्नेत अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँहरुलाई सो अवसरमा सम्मान गरिएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video