प्रमुख समाचार
Dec 03, 2019
तेह्रौँ साग : तेक्वान्दोमा थप दुई स्वर्ण
काठमाडौँ,  मङ्सिर १७ राजधानीमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोको ग्यारोगीतर्फ नेपालका वीरबहादुर महराले स्वर्ण पदक जित्नुभएको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा आज भएको ग्यारोगीतर्फ पुरुष ६८ केजीमुनिको तौल समूहमा भएको स्पर्धाको फाइनलमा महराले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण पदक जित्नुभएको हो । महरा भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभएको थियो । त्यसैगरी तेक्वान्दोकी काजल श्रेष्ठले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जित्नुभयो । उहाँले पाकिस्तानकी सैयद सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । त्यसअघि काजलले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्नुभएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video