राजनीति
Dec 01, 2019
उपनिर्वाचन २०७६ : डोटीमा नेकपा विजयी
डोटी,  मङ्सिर १५ आदर्श गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रामबहादुर बोहरा विजयी हुनुभएको छ । उहाँले कूल ६८६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राप्रपाका उम्मेदवार काशीराम ओझाले १५ तथा स्वतन्त्र उम्मेदवार भूमिसिंह खडकाले १९१ मत प्राप्त गर्नुभएको जनाइएको छ । कूल एक हजार ५९० मत खसेकामा ६० मत बदर भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा यसअघि पनि नेकपाले नै जितेको थियो । तत्कालीन वडाअध्यक्ष प्रेम बोहराको जीप दुघटनामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video