प्रमुख समाचार
Nov 29, 2019
स्थानीय न्यायिक समितिलाई निस्वार्थ भएर काम गर्न आग्रह
हेटौँडा,  मङ्सिर १३ प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले स्थानीय तहका न्यायिक समितिले निस्वार्थ भएर काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले पहिलो चरणको न्याय प्रदान गर्ने ठाउँमा समिति रहेको भन्दै जनताको न्यायप्रतिको आस्था र विश्वासलाई मर्न दिन नहुने बताउनुभयो । प्रदेश नं ३ को मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित ‘स्थानीय तहमा न्याय सम्पादनसम्बन्धी एक दिवसीय अभिमुखीकरण’ कार्यक्रमको उदघाटन गर्दै मन्त्री लामाले समितिले जनताको न्याय मर्न नदिने गरी काम गर्नुपर्ने बताउनुभयो । न्यायिक समितिका पदाधिकारीले सामाजिक उत्तरदायित्व पूरा गर्दै न्याय दिनुपर्ने उहाँको भनाइ थियो । प्रदेश नं ३ का मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले आमनागरिकलाई समेट्नेगरी तल्लो भन्दा तल्लो तहमा पुगेर न्याय दिन समितिलाई आग्रह गर्नुभयो । कार्यक्रममा मकवानपुर र चितवन जिल्लाका न्यायिक समितिका पदाधिकारी तथा कानूनी सहजकर्ताको सहभागिता छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video