राजनीति
Nov 25, 2019
राप्रपा (संयुक्त)को काँग्रेस उम्मेदवारलाई समर्थन
काठमाडौं, मङ्सिर ९ मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले नेपाली काँग्रेसका उम्मेदवारलाई सघाउने भएको छ । उपनिर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवार नभएपछि काँग्रेसलाई समर्थन गर्ने घोषणा गरिएको हो । नेपाली काँग्रेस र राप्रपा संयुक्तले आज कमलविनायकमा आयोजना गरेको कार्यगत एकता घोषणासभामा राप्रपा संयुक्तले आफ्नो पार्टीको सम्पूर्ण भोट काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई दिने गरी कार्यगत एकताको घोषणा गरेको हो । कार्यक्रममा राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ, रामेश्वर थापा र भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले राप्रपाको सबै भोट नेपाली काँग्रेसका उम्मेदवारलाई हाल्ने गरी समर्थन गर्दै कार्यगत एकता गरेको घोषणा गर्नुभयो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सीता गुरुङ, काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा र क्षेत्रीय सभापति जीवन खत्रीले राप्रपाको मतलाई समर्थन गर्दै चुनावमा मात्रै नभई विकासमा समेत अब कार्यगत एकता गर्दै जाने बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video