प्रमुख समाचार
Nov 16, 2019
सीमा अतिक्रमणविरुद्ध स्रष्टाको अभियान
काठमाडौँ,  कात्तिक ३० नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत राखेर छिमेकी भारतले हालै आफ्नो नयाँ नक्शा सार्वजनिक गर्नुले नेपाली सार्वभौमिकतामाथि हस्तक्षेप भएको विरोधमा स्रष्टा चरणबद्धरुपमा सिर्जनासहित सडकमा निस्कन थालेका छन् । सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोधी लेखकीय मोर्चाका रुपमा स्थापित प्रगतिशील लेखक सङ्घले ‘सीमा अतिक्रमणविरुद्ध स्रष्टाहरु २०७६’ अभियानको घोषणासहित आइतबार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन तय गरेको छ । सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कविता, गीत, नृत्यसहित आफूहरु सीमा अतिक्रमणको विरोधमा उत्रन लागेको जानकारी दिनुभयो । यसअघि सत्तारुढ नेकपा निकट जनसांस्कृतिक महासङ्घ नेपालले गत साता सोही स्थलमा साहित्यिक प्रस्तुति गरेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video