राजनीति
Nov 16, 2019
केपि ओलि नेतृत्वको अहिलेको सरकार बिधि शासन समाप्त पार्ने दिशातर्फ उन्मुख छ; कांग्रेस सहमहामन्त्री महत
काठमाडौं कार्तिक ३० नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपि शर्मा ओलि नेतृत्वको वर्तमान सरकार बिधिको शासन समाप्त पार्ने दिशा तर्फ उन्मुख भएको जिकिर गरेका छन। काठमाडौंको कुलेश्वरमा काठमाडौं जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले सरकारले चौतर्फी रुपमा कर बढाएर नेपालमा लगानीको बाताबरण पनि बिथोलेको आरोप लगाए। कर कम लगाए कलकारखाना र उद्योगहरु बढी खुल्छन र उद्योग कलकारखाना बढी खुले राजस्व बढ्ने भन्दै सहमहामन्त्री महतले त्यतातिर सरकारलाई गम्भीर बन्न पनि आग्रह गरे। पछिल्लो समय सरकारले नियम कानुनको बरखिलाप जाने काम गरेको पनि कांग्रेस सहमहामन्त्री महतले आरोप लगाए। सहमहामन्त्री महतले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने हो नीति नियमलाई सहि रुपमा कार्यन्वयन गर्नुपर्ने जोड समेत दिए। सहमहामन्त्री महतले सिमा समस्याको प्रसंगलाई उठाउदै चुनाव अगाडि राष्ट्रवादी कहलिएको नेपाल कम्युनिस्ट पार्टी आज सरकारमा हुदा सिमा समस्या समाधान गर्न किन पछि हटेको भनेर प्रश्न पनि गरे। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video