रबिन थपलिया । काठमाण्डौं । कार्तिक ३० । नुवाकोटको तात्कालीन थानापति गाँउपञ्चायत ७ का वडा अध्यक्ष मोहनलाल पाण्डेको आज निधन भएको छ ।
विभिन्न रोगका कारण केहि दिन देखि अस्वस्थ्य रहनु भएका पाण्डेको आज त्रिविवि शिक्षण अस्पतालमा निधन भएको हो ।
२०३८ सालमा तात्कालीन थानापति गाँउपञ्चायतका प्रधानपञ्च बाबुकाजी पाठकको समुहबाट वडाअध्यक्षमा बिजयी हुनुभएका पाण्डे पछिल्लो समयमा राजनीतिबाट समाजसेवामा लाग्नु भएको थियो ।
हालको शिवपुरी गाँउपालीका ८ थानापति स्थीत जनज्ञान माध्यामीक विद्यालय स्थापनामा सक्रिय भुमिका निर्वाह गर्नुभएका पाण्डेले विद्यालयका लागि तिन रोपनी जग्गा समेत दान गर्नुभएको छ ।
सादा जिवन उच्च बिचारका धनी पाण्डे सवैको प्रिय व्यक्तित्व पनि हुनुहुन्थ्यो । पाण्डेको असामहीक निधन प्रति सगरमाथा पोष्ट डट कम, शिवपुरी मिडिया नेटवर्क र अग्निवाँण पाक्षिक परिवार गहिरो दुख व्यक्त गर्दछौं ।