प्रमुख समाचार
Nov 16, 2019
२२ हजार विद्यार्थीले लिए सेवा
बनेपा,  कात्तिक ३० जिल्लाको सात स्थानीय तहका सामुदायिक विद्यालयका करिब २२ हजार ६ विद्यार्थीले इएर केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कानको उपचार र त्यसबाट हुनसक्ने सम्भावित समस्याबाट मुक्त हुने विषयमा उपचार तथा परामर्श सेवा लिएका छन् । सो संस्थाले स्थानीय तहसँगको समन्वयमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा रोखर १८ महिनादेखि सञ्चालन गरिएको अभियानमा ती विद्यार्थीको कानको उपचार गरी सहयोग गरेको संस्थाका अध्यक्ष डा मिलन महर्जनले बताउनुभयो । “बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका र तेमाल गाउँपालिका गरी १३० विद्यालयका २२ हजार ६ विद्यार्थीको कान जाँच गरिएकामा दुई हजार ८१ विद्यार्थीमा समस्या देखिएको छ, २९८ जनाको कान शल्यक्रिया नै गर्नुपर्नेमा २०३ जनाको शल्यक्रिया गरेका छौँ”, महर्जनले भन्नुभयो । संस्थाका अध्यक्ष महर्जनका अनुसार उपचार निःशुल्क गरिएको हो । बढीजसो गाउँबाट शहरमा विभिन्न पेशा–व्यवसाय गरेर बस्ने निम्नवर्गका परिवारका छोराछोरीहरुमा कानको समस्या भएको पाइएको डा महर्जनले बताउनुभयो । शल्यक्रिया गर्न बाँकी करिब सय विद्यार्थी सम्पर्कमा आएमा शल्यक्रियामा सहयोग गर्ने संस्थाका उपाध्यक्ष पुरु रिसालले बताउनुभयो । धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले नगरपालिकाले बालमैत्री घोषणा गर्न लागिरहेको बेलामा उक्त कार्यक्रमलाई निरन्तरता दिएर सहयोग गर्न आग्रह गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video