राजनीति
Nov 12, 2019
नेविसङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग
काठमाडौँ, कात्तिक  २६  नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग गरिएको छ । नेविसङ्घले सोमबार यहाँ आयोजना गरेको ‘मातृ पार्टीको प्रवृत्ति र नेविसङ्घको विधानसम्बन्धी’ अन्तरक्रियामा विद्यार्थी नेताले विधानको पालना गर्न मातृ पार्टी काङ्ग्रेसलाई आग्रह गरेका हुन् । नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले काङ्ग्रेसको नर्सरीका रूपमा रहेको नेविसङ्घको अधिवेशन चाँडो गर्नुपर्ने बताउनुभयो । “पार्टी बलियो बनाउन भ्रातृ संस्थाको अधिवेशन चाँडो हुनुपर्छ”, उहाँले भन्नुभयो । नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले विद्यार्थी नेतृत्वमा ३२ वर्षमुनिकालाई ल्याउन विधानले व्यवस्था गरेकाले विधानअनुसार समिति निर्माण गर्नुपर्ने बताउनुभयो । विधानअनुसार समिति नआए सशक्त आन्दोलन गर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेविसङ्घका निवर्तमान पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video